अष्ट्रेलिया सेमिफाइनलमा इंग्ल्यान्डको आशा न्युन

अष्ट्रेलिया सेमिफाइनलमा इंग्ल्यान्डको आशा न्युन


विश्वकप क्रिकेट २०१९ अन्तर्गत आयोजक इंग्ल्यान्ड र अष्ट्रेलियाबीच भएको खेलमा अष्ट्रेलिया विजयी भएको छ । अष्ट्रेलियाले इंग्ल्यान्डलाई ६४ रनले पराजित गरेको हो । यो विजयसँगै अष्ट्रेलिया सेमी फाइनलमा पुगको छ । यो विश्वकपमा अष्ट्रेलिया सेमिफाइनमा पुग्ने पहिलो टोली हो ।

टस हारेर पहिलो व्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८७ रन बनाएको थियो । अष्ट्रेलियाको तर्फवाट कप्तान एरोन फिन्चले सतकिय पारी खेलेका थिए ।

त्यस्तै जवाफी व्याटिङ गर्न आएको इंग्ल्यान्ड ४४.४ ओवरमा सम्पूर्ण विकेट गुमाउँदै २ सय २१ रनमा समेटिएको थियो । यो हारसंगै इंग्ल्यान्डको सेमिफाइनलमा पुग्ने सम्भावना न्युन भएर गएको छ ।