ललितानिवास जग्गा प्रकरणमा अख्तियारले ८६ जनालाई बोलायो

ललितानिवास जग्गा प्रकरणमा अख्तियारले ८६ जनालाई बोलायो


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवासभित्र पर्ने बालुवाटार जग्गा किनबेच प्रकरणका सम्बन्धमा बयानका ८६ जनालाई सूचना जारी गरी बोलाएको छ । अख्तियारले बुधबार सूचना जारी गरी बयानका लागि नातिकाजी महर्जनसहित ८६ जनालाई बोलाएको छ ।

अख्तियारद्वारा जारी सूचनामा उनीहरूलाई सात दिनभित्र आयोगमा हाजिर हुन भनिएको छ । सूचनामा उनीहरूलाई सात दिनभित्र बयानका लागि उपस्थित नभएमा कानुनबमोजिम हुने पनि उल्लेख छ ।

बयानका लागि बोलाइएका ८६ जनामा ‘भूमाफिया’ भनिएका डा. शोभाकान्त ढकाल र रामप्रसाद सुवेदी र भाटभटेनीका सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङको नाम भने उल्लेख छैन । तर, अख्तियारद्वारा जारी सूचनामा ढकालकी श्रीमती लक्ष्मी ढकाल, सुवेदीकी श्रीमती माधवी सुवेदी र भाटभटेनीका सञ्चालक गुरुङका छोरा कल्याण गुरुङलाई चाहिँ उपस्थित हुन भनिएको छ ।

अख्तियारद्वारा जारी सूचनामा ८६ जनाकै नाम र कित्ता नम्बर उल्लेख छ ।

हेर्नुहोस् ८६ जनाकै नामावली–