झ्यालबाट खसेर मृत्यु

झ्यालबाट खसेर मृत्यु


काठमाडौँको जोरपाटीस्थित घरको माथिल्लो झ्यालबाट खसेर आज एक जनाको मृत्यु भएको छ ।

बिहान गोकर्णेश्वर नगरपालिका–८ जोरपाटीको प्रगतिटोलका ८६ वर्षीय रूद्रमणि सुवेदीको आफ्नै घरको तीन तलामाथि झ्यालबाट लडेर मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।