२५ हजार घुससहित इकाइ प्रमुख पक्राउ

२५ हजार घुससहित इकाइ प्रमुख पक्राउ


शिक्षा विकास तथा समन्वय इकाइ सल्यानका प्रमुख धनबहादुर ओली मंगलबार २५ हजार घुस रकमसहित पक्राउ परेका छन् ।

ओलीलाई घुस रकम लिइरहेकै अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले पक्राउ गरेको हो । उनी शिक्षक सरुवासम्बन्धी विषयलाई लिएर सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा कार्यालयबाटै पक्राउ परेका हुन् ।

गत वैशाखदेखि सल्यानमा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखको रूपमा रहेका ओलीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ ।