भारतीय कांग्रेसको नेतृत्वमा गान्धी परिवारबाहिरका नेता आउन सक्ने

भारतीय कांग्रेसको नेतृत्वमा गान्धी परिवारबाहिरका नेता आउन सक्ने


लोकसभा निर्वाचनमा नराम्रोसँग पराजय ब्यहोरेको भारतीय राष्ट्रिय कांग्रेसको नेतृत्वमा गान्धी परिवारभन्दा बाहिरका ब्यक्ति आउन सक्ने सो पार्टीका एक नेताले बताएका छन् । भारतमा गत महिना सम्पन्न भएको निर्वाचनमा पार्टीले पराजय भोगेपछि पार्टी अध्यक्ष राहुल गान्धीले पदबाट राजिनामा घोषणा गरेकाले गान्धी परिवारभन्दा बाहिरबाट पनि नेतृत्व हुनसक्ने चर्चा शुरु भएको एएनआईले जनाएको छ ।

कांग्रेसका एकजना प्रभावशाली नेता पीएल पुनियाले गान्धी परिवारभन्दा बाहिरबाट नेतृत्व हुने सम्भावना रहेको बताएका हुन् । देशको उज्ज्वल भविश्यका लागि गान्धी परिवारले त्याग गर्न र लचकता देखाउन सक्ने उनको भनाई छ ।

कांग्रेसका छत्तिसगढ प्रदेश प्रमुख समेत रहेका पुनियाले पार्टीको नेतृत्व कसले गर्ने भन्ने निर्णय वर्तमान अध्यक्ष राहुल गान्धीको हातमा रहेको उल्लेख गरे ।

गान्धीले चाहेमा उनले नै गर्ने र उनले नचाहेमा गान्धी परिवारभन्दा बाहिरका नेताबाट पार्टीले नेतृत्व पाउने पुनियाले बताए । उनको यस अभिव्यक्तिले भारतीय राजनीतिक वृत्तमा बेग्लै तरंग पैदा गरेको बताइएको छ ।