नेप्सेमा करिब ६ अंकको वृद्धि

नेप्सेमा करिब ६ अंकको वृद्धि


लगातार ओरालो लागेको सेयर बजारमा कारोबार मापक नेप्से परिसूचक आज (सोमबार) भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५.७५ बिन्दुले उकालो लागेर एक हजार २६०.१० अंकमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.४४ बिन्दुले बढेर २७१.०४ मा पुगेको छ । नेप्से परिसूचक उकालो लागे पनि कारोबार रकम भने उल्लेख्यमात्रामा अगाडि बढ्न सकेन । कुल १७३ कम्पनीको १५ लाख चार हजार ६७२ कित्ता शेयर रु ४८ करोड १४ लाख ९२ हजार ८२१ मूल्यमा खरिद–बिक्री भए ।

स्टकका अनुसार कारोबार भएका ११ उपसमूहमध्ये सोमबार चार उपसमूहको सेयर घटेको छ भने सात उपसमूहको सेयर भने वृद्धि भएको छ । विकास बैंक २.५५, निर्जीवन बिमा २.२२, जीवन बिमा ०.४, सामूहिक लगानी कोष ०.०३ बिन्दुले घटेको छ ।

यस्तै बैंकिङ ४.३४, होटेल २६.५४, जलविद्युत् ८.५६, वित्त १.१, उत्पादन ७.७४, अन्य ८.६९ र लघुवित्त १७.३८ बिन्दुले बढेको छ । स्टकका अनुसार कारोबारका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्यो ।

सो कम्पनीको रु. पाँच करोड १८ लाख ३३ हजार ८१९ कारोबार भयो । यस्तै चिलिमे जलविद्युत् कम्पनी रु. दुई करोड ६० लाख ८० हजार ४६०, नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर रु. दुई करोड ५६ लाख ५३ हजार २५, डिप्रोक्स लघुवित्त वित्तीय संस्था रु. दुई करोड ११ लाख ९३ हजार ९७५, नेपाल बैंक लिमिटेड रु. दुई करोड १६ लाख ९९५ र प्रभु बैंकको रु. एक करोड ६९ लाख १९ हजार २८६ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबार भएका कम्पनीमध्ये सोमबार जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ९.९१ प्रतिशतले कमाए । यस्तै गणपति माइक्रोफाइनान्स वित्तीय संस्था ९.७८, सिभिल लघुवित्त वित्तीय संस्था ६.९४, अरुण काबेली पावर लिमिटेडका सेयरधनीले ५.५६ प्रतिशतले गुमाए ।

त्यस्तै मल्टिपर्पोज फाइनान्स कम्पनी ९.६०, उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था ४.५२, सिटी एक्सप्रेस फाइनान्स कम्पनी ३.९२, पञ्चकन्या माई हाइड्रोपावरका सेयरधनीले ३.६३ प्रतिशतले गुमाए ।