बंगलादेशमा रेल दुर्घटना : चारको मृत्यु, सय घाइते

बंगलादेशमा रेल दुर्घटना : चारको मृत्यु, सय घाइते


उत्तरपूर्वी बंगलादेशमा भएको एक रेल दुर्घटनामा परी चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य १ सयभन्दा बढी घाइते भएका एक सरकारी अधिकारीले सोमबार जानकारी दिएका छन् ।

बंगलादेशको राजधानी ढाकाबाट २ सय ३ किलोमिटर टाढा रहेको माउल्भिबाजार जिल्लामा सो दुर्घटना भएको छ । स्थानीय समयअनुसार आइतबार राति ११ः५० बजे सो दुर्घटना भएको अग्नि नियन्त्रण सेनाका अधिकारी नुर्नु नाबीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् ।

राजधानी ढाकातर्फ गइरेहको सो रेल डिब्बा पटरीबाट छुट्टिएर सो घटना भएको सरकारी अधिकारीले जानकारी दिएका छन् । उद्धारकार्य जारी रहेको र मृतकहको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । दुर्घटना के कारण भयो यसको अनुसन्धान पनि भएरहेको बताइएको छ ।