बंगलादेश र अफगानिस्तानबीच आज रोचक भिडन्त

बंगलादेश र अफगानिस्तानबीच आज रोचक भिडन्त


विश्वकप क्रिकेट २०१९ अन्तर्गत आज (असार ९) बंगलादेश र अफगानिस्तानबीच खेल हुँदैछ । यो विश्वकपको ३१औँ खेल साउथम्पटनकोे रोज बाउल मैदानमा हुनेछ । विश्वकपमा दुवै टिमको यो सातौँ खेल हो ।

अहिलेसम्म बंगलादेशले खेलेका ६ खेलमा २ मा जित, १ बराबरी र ३ मा पराजय भोगको छ । अहिलेसम्म ५ अङ्क जोडेको बंगलादेश अफगानिस्तानलाई पराजित गरेर अन्तिम चारमा पुग्ने सम्भावना कायम राख्ने उद्देश्यले खेल्नेछ ।

त्यस्तै, अहिलेसम्म खेलेका ६ वटा खेलमा पराजित भएको अफगानिस्तान बंगलादेशलाई पराजित गर्दै अंक तालिकामा अंक जोड्ने ताकमा छ । सशक्त टिमलाई टक्कर दिए पनि अफगानिस्तानले अहिलेसम्म एउटा खेल पनि जित्न सकेको छैन ।

बंगलादेशको आजको सम्भावित टीममा मशरफे मुर्तजा (कप्तान), मुश्फिकुर रहीम (विकेटकीपर), शाकिव अल हसन, तमीम इकबाल, महमूदुल्लाह, रुबेल हुसैन, सब्बीर रहमान, सौम्या सरकार, लिटन दास, मुस्तफिजुर रहमान, मेहदी हसनर र मोहम्मद सैफुद्दीन रहेका छन् ।

त्यस्तै अफगानिस्ताको टिममा असगर अफगान, मोहम्मद नबी, आफताब आलम, गुलबदीन नायब (कप्तान), हशमतुल्ला शाहिदी, नजीबुल्लाह जादरान, रहमत शाह, राशिद खान, इकराम अली खिल (विकेटकीपर), हजरतुल्लाह जाजई र मुजीबुर रहमान रहेका छन् ।