सुनिल र अंशिकाले जिते मिनी म्याराथन

सुनिल र अंशिकाले जिते मिनी म्याराथन


लक्ष्मीपुर स्कुलका सुनिल श्रेष्ठ र अंशिका डंगोल टोखा नगरपालिकास्तरीय प्रथम मेयरकप अन्तरविद्यालय खेलकुद प्रतियोगिता अन्तर्गतको मिनी म्याराथनमा पहिलो भएका छन् ।

भुतखेल मैदानमा भएको मिनी म्याराथन (४ किमी) दौडमा सुनिल ब्वाइजमा र अंशिका गल्र्समा पहिलो भएको हो । दुवै लक्ष्मीपुर स्कुलका हुन् । पुरुषमा रोना स्कुलका जीवन विके दोस्रो र सफल श्रेष्ठ तेस्रो भए । गल्र्समा लक्ष्मीपुरकी अनुषा श्रेष्ठ दोस्रो र ग्रीनल्यान्डकी सुजाता गिरीले तेस्रो भइन् ।

२०० मिटर दौड ब्वाइजमा दीपज्योतिका सवन विके पहिलो, नेपाल मोडेलका अभिषेक बुढाथोकी दोस्रो र चन्द्रविन्दुका सद्धाम हुसेनले तेस्रो स्थान हात पारे । गल्र्स २०० मिटरमा सरस्वती स्कुलकी पुर्नि तामाङ पहिलो, लक्ष्मीपुरकी सविना अधिकारी दोस्रो तथा हिमालयकी विनिता कटुवाल तेस्रो भइन् ।

१०० मिटर दौड ब्वाइजमा कान्तिपुर स्कुलका रजित मगर पहिलो, तिलिङ्गाटारका टोप बहादुर गुरुङ दोस्रो र बौद्धेश्वरका अमर तामाङ तेस्रो भए । गल्र्समा मनोहरकी सरिता भण्डारी पहिलो, किड्सकी सन्तोषी पाण्डे दोस्रो र सरस्वतीका प्रतिमा तामाङले तेस्रो स्थान हात पारिन् ।

टोखा नगरपालिकाको आयोजनामा विभिन्न विद्यालयको समन्वयमा टोखा नगरले विभिन्न चार खेल समेट्दै विद्यालयस्तरीय खेलुकद प्रतियोगिता ६ असारदेखि ११ असारसम्म आयोजना हुँदैछ ।