राखेपका पूर्व कर्मचारीको बिदाइ

राखेपका पूर्व कर्मचारीको बिदाइ


राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले राखेपका पूर्व कर्मचारीहरूलाई एक कार्यक्रमबीच बिदाइ गरेको छ ।

२०७४ साल कात्तिकदेखि हालसम्म अनिवार्य आवकाश पाएका ३९ कर्मचारीलाई असार ८ गते आइतबार आयोजित कार्यक्रमबीच संघले सम्मान गर्दै बिदाइ गरेको हो ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिना, राखेपका सदस्य–सचिव केशवकुमार विष्टलगायतले उनीहरुलाई प्रशंसापत्र प्रदान गर्दै बिदाइ गरे ।