जुवातास खेल्ने तेह्र जना पक्राउ

जुवातास खेल्ने तेह्र जना पक्राउ


प्रहरीले भक्तपुरस्थित सूर्यविनायक नगरपालिका–५ सल्लाघारीबाट जुवातास खेलिरहेको अवस्थामा तेह्र जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले उनीहरुलाई रु छ लाख एक हजारसहित पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलका अनुसार पक्राउ परेको १३ जनाविरुद्ध मुद्दा चलाएर कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।