आजको पञ्चाङ्ग एवम् राशिफल (९ आषाढ २०७६ सोमबार, २४ जुन २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (९ आषाढ २०७६ सोमबार, २४ जुन २०१९)


■ अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे श्रीशाके १९४१ नेपाल सं. ११३९ ग्रीष्म ऋतु वि.सं.२०७६ आषाढ ९ गते सोमबार तद्अनुसार सन् २०१९ जुन २४ तारिख आषाढ कृष्णपक्ष सप्तमी तिथि पूर्वाभाद्रपद नक्षत्र आयुष्मान योग भद्रा करण १०ः३१ पर बालव करण आनन्दादिमा मुशल योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः११ मा भयो र सूर्यास्त साँझ १९ः०१ मा हुनेछ । शुभ समय अभिजित ११ः३८ देखि १२ः३४, अशुभ योग राहुकाल ६ः५३ देखि ८ः३८, दिशा शूल– पूर्व ।

आजको राशिफल :

मेष राशि – आयस्रोत बढ्ला । समस्याको समाधान खोज्नुहुनेछ । धनसम्पति बढ्ला । आंट–उत्साह वृद्धि हुनेछ । सुख समृद्धि बढ्ला । यात्रा होला । इष्टमित्रको सहयोग प्राप्त होला ।

बृष राशि – सफलता मिल्नेछ । आशा उत्साह बढ्ला । आर्थिक काममा सफलता मिल्नेछ । साथीभाइको सहयोग मिल्नेछ । लेखन–प्रकाशनसित सम्बन्धित काम बन्नेछ । सुख समृद्धि बढ्ला । मान महत्व ऐश्वर्य बढ्नेछ । पारिवारिक सुख बढ्नेछ ।

मिथुन राशि – धर्मकर्ममा प्रवृत्ति बढ्ला । यात्रा होला । शुभता बढ्ला । आर्थिक पक्ष बलियो बन्नेछ । मिठो भोजन मिल्नेछ । आरोग्यता बढ्ला । मान पुरस्कार भेटिएला । सुखशान्ति बढ्नेछ । पारिवारिक सुख बढ्ला । वार्तामा सफलता मिल्ला ।

कर्कट राशि – भागदौड बढ्ला । विलासी काम बन्नेछ । मिठो भोजन मिल्नेछ । सुखको वस्तु मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । खर्च बढ्ला । जोखिमप्रति सचेत रहनुपर्ला । ध्यानमा राख्नुपर्ला ।

सिंह राशि – आय बढ्ला । खेलकूद भ्रमणमा रुचि बढ्नेछ । हांसविलासमा पनि आकर्षण बढ्ला । मिठो भोजन मिल्नेछ । समृद्धि बढ्नेछ । साझेदारीको काम बन्ला । पारिवारिक सुख–शान्ति बढ्नेछ ।

कन्या राशि – अन्नधन बढ्ला । सुख–शान्ति बढ्नेछ । आय वृद्धि हुनेछ । उधारो लगानी लगाइएको धन उठ्नेछ । कार्य क्षेत्रमा सफलता प्राप्त हुनेछ । पारिवारिक जीवन र कार्यव्यपारको क्षेत्रमा अनुकूलता बढ्ला ।

तुला राशि – दिन शुभ र सफलता दायक रहला । बौद्धिक र रचनात्मक कार्य बन्ला । इष्टमित्र प्रेमपात्रको साथ मिल्ला । सन्तान सुख बढ्नेछ । यश वर्चश्व बढ्नेछ । धन पद प्रतिष्ठा बढ्नेछ । सरकारी क्षेत्रसित सम्बन्धित काम बन्नेछ । हाकिमको सहयोग मिल्नेछ ।

वृश्चिक राशि – अरुको बढी भर पर्नु उचित हुने छैन । यात्रा हुनेछ । कठोर परिश्रमले काम बन्नेछ । जोखिमपूर्ण कर्ममा रुचि बढ्नेछ तर यस्ता कार्यमा नलाग्नु बेस रहला । भागदौड बढ्ला । ऐनकानूनलाई ध्यानमा राख्नुपर्नेछ ।

धनु राशि – शारीरिक र आर्थिक काममा सफल रहनुहुनेछ । आशा उत्साह बढ्ला । सुख समृद्धि बढ्नेछ । आलस्य नगर्दा उचित रहला । स्वास्थ्य र चोटपटक लाग्नहक्ने कुरामा शुभता बढ्ला र रक्षा हुनेछ । अरुको भरमा नबसी आफ्नै बल विवेकले काम गर्नु उचित हुनेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मकर राशि – सुख आनन्द बढ्ला । साझेदारीसित सम्बन्धित काम बन्नेछ । जीवनसाथीको साथ पाइनेछ । आर्थिक प्रगति होला । मिठो भोजन मिल्नेछ । धन सम्पत्ति बढ्नेछ । भोगविलासमा आकर्षण बढ्ला । मान पुरस्कार प्राप्त हुनेछ ।

कुम्भ राशि – आरोग्यता बढ्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । इष्टमित्र सन्तानको सहयोग मिल्नेछ । आर्थिक सफलता मिल्नेछ । शत्रुसित लड्ने क्षमता बढ्नेछ । आफन्तको सहयोग मिल्ला । विजयश्री मिल्नेछ । मिठो भोजन मिल्नेछ ।

मीन राशि – कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । गीतसंगीतमा आकर्षण बढ्ला । आमोदप्रमोदमा रमीरहनुहुनेछ । सुख शान्ति र आनन्द बढ्ला । देखापरेको समस्याको समाधान मिल्नेछ । खर्च बढ्ला ।