लोकसेवा विवादको सुनुवाइ ‘हेर्दाहेर्दै’मा बुधबारका तय

लोकसेवा विवादको सुनुवाइ ‘हेर्दाहेर्दै’मा बुधबारका तय


सर्वोच्च अदालतमा लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादका चारवटा रिट निवेदनमाथि आइतबारबाट सुनुवाइ शुरु भएको छ । न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा. ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा आइतबारदेखि सुनुवाइ शुरु भएको हो । बहस नसकिएपछि ‘हेर्दाहेर्दै’मा बुधबारका लागि तय भएको छ ।

यसअघि, न्यायाधीशद्वय कार्की र डा. खतिवडाको इजलासले यही असार ४ गते आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी सबै विवाद एउटै इजलासमा सुनुवाइ गर्ने आदेश जारी गरेको थियो । आयोगले स्थानीय तहमा विभिन्न पदका लागि गरेको विज्ञापनका विषयमा परेका चारवटै विवादलाई एकै ठाउँमा राखेर सुनुवाइ गरेको हो ।

आयोगले गत जेठ १५ गते देशभरका ५१५ स्थानीय तहका लागि भन्दै नौ हजार १६१ सिटका लागि गरेको विज्ञापनविरुद्ध चारवटा रिट निवेदन सर्वोच्च अदालतमा परेका थिए । विज्ञापन समावेशी सिद्धान्तविपरीत भएको रिट निवेदनमा उल्लेख थियो ।