चीनको सिचुआनमा भूकम्प जाँदा १९ जना घाइते

चीनको सिचुआनमा भूकम्प जाँदा १९ जना घाइते


चीनको दक्षिणी क्षेत्रमा शनिबार राति आएको भूकम्पमा परी कम्तीमा १९ जना घाइते भएका छन् । सिचुवान प्रान्तको क्वांक्षिन क्षेत्रमा शनिबार ५.४ म्याग्निच्युडको भूकम्प आएको स्थानीय अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

घाइते सबैलाई उपचारका लागि तत्कालै नजिकैका अस्पतालहरूमा लगिएको छ । घाइतेहमध्ये कसैको पनि अवस्था गम्भीर र चिन्ताजनक नभएको पनि उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

स्थानीय समयअनुसार शनिबार राति १०ः२९ बजेतिर भूकम्प आएको चिनियाँ भूगर्भ केन्द्रले जनाएको छ ।