आजको पञ्चाङ्ग एवम् राशिफल (८ आषाढ २०७६ आइतबार, २३ जुन २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (८ आषाढ २०७६ आइतबार, २३ जुन २०१९)


■ अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योतरायणे श्रीशाके १९४१ ग्रीष्म ऋतु नेपाल सं. ११३९ वि.सं.२०७६ आषाढ ८ गते आइतबार तद्अनुसार सन् २०१९ जुन २३ तारिख आषाढ कृष्णपक्ष षष्ठी तिथि शतभिषा नक्षत्र प्रीति योग गर करण ८ः३० पर भद्रा करण, चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः११ मा भयो र सूर्यास्त साँझ १९ः०१ मा हुनेछ । शुभ समय अभिजीत ११ः३८ देखि १२ः३४ । अशुभ समय राहु काल– १७ः१८ देखि १९ः०३, दिशा शूल– पश्चिम ।

आजको राशिफल :

मेष राशि – दिन रचनात्मक तथा शारीरिक उन्नतिदायक कार्यमा सफलता दिने खालको रहनेछ । मान–पुरस्कार प्राप्तिको अवसर पाउन सकिनेछ । खेलकुद र भ्रमणमा रुचि होल । मिठो भोजन खान पाउनुहुनेछ । आयवृद्धि हुनेछ । हांसविलासमा आकर्षण बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । भागदौड भैरहनेछ । लगानी उठ्ला ।

बृष राशि – दिन शुभ र भाग्यवर्द्धक रहला । आयस्रोत बढ्ला । मिठो भोजन खान पाउनुहुनेछ । आरोग्यता बढ्ला । साझेदारीसित सम्बन्धित काम बन्नेछ । सुख–सम्पति वृद्धि होला । रसरागमा आकर्षित हुनु हुनेछ । मान–पुरस्कार प्राप्ति हुनेछ । भोजभतेरमा भाग लिनुहुनेछ ।

मिथुन राशि – अन्न धन बढ्नुको साथै दूर देशबाट शुभ समाचार सुन्नुहुनेछ । आयमा वृद्धि होला । यात्रामा सफलता मिल्नेछ । विकासको नयाँ सम्भावना देखापर्ला । ऐश्वर्य बढ्नेछ । रोकिएको धन मिल्नेछ । कार्यमा सफलता पाउनुहुनेछ । आरोग्यता बढ्ला । आफन्तको सहयोग मिल्नेछ । विजयश्री प्राप्त होला ।

कर्कट राशि – भोगविलासमा रुचि बढ्ला । आर्थिक सफलता प्राप्त होला । प्रेममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । कर्मयोगी रहनुहुनेछ । यश वर्चश्व वृद्धि होला । सुख समृद्धि बढ्ला । उन्नति–पदोन्नति हुनेछ । बढी मिहीनेतले कार्य बन्नेछ । इष्टमित्र सन्तान आदिसित सम्बन्धित अनुकूलता वृद्धि होला । जोखिममा नपर्नु हितकर होला ।

सिंह राशि – ऋण रोग र शत्रुप्रति विजय होला । अस्तव्यस्ततामा कमी हुनेछ । काममा विजय प्राप्त होला । देखिएको समस्या समाधान हुनेछ ।

कन्या राशि – मिठो भोजन मिल्नेछ । शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । यात्रामा सफलता प्राप्त होला । धनसम्पति ऐश्वर्य बढ्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । सबै प्रकारले अनुकूलता वृद्धि हुनेछ । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह बढ्ला ।

तुला राशि – ग्रहगोचर शुभ फलदायक रहला । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु उचित रहनेछ । आर्थिक प्रगति होला र मनमा सन्तुष्टि पनि मिल्नेछ । मान सम्मानमा निरन्तर वृद्धि भैरहनेछ । मिठो भोजन खान पाउनुहुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । भोगविलासमा आकर्षण बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक राशि – समय अनुकूल फलदायक रहला । प्रेममा सफलता मिल्नेछ । इष्टमित्र सुख सन्तति बढ्नेछ । विवादमा नपर्नु हितकर होला । आरोग्यता बढ्ला । जीवनसाथीको सहयोग मिल्नेछ । आफन्तको सहयोग मिल्नेछ । आर्थिक पक्ष पनि बलियो बन्नेछ । लगानी वृद्धि हुनेछ । मिठो भोजन खान पाउनुहुनेछ । उन्नति पदोन्नति हुनेछ । भोग विलासमा आकर्षण बढ्नेछ ।

धनु राशि – धनको आवागमन भैरहनेछ । भागदौड वृद्धि हुनेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । दैनिक काममा सफलता मिल्नेछ । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ । सुख–समृद्धि बढ्नेछ । विवादमा नपर्नु बेस होला । मिहीनेतयुक्त काममा रूचि वृद्धि होला । अरुको भर नपर्नु नै हितकर रहला ।

मकर राशि – आशा उत्साह बढ्ला । यात्रा होला । रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ । कार्यमा सफलता मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । यश वर्चश्व बढ्ला । विजयश्री मिल्नेछ । आयस्रोत बढ्ला । अरुको भर नपरी आफ्नै बल–विवेकले कार्य गर्नु हितकर रहनेछ । लगानी उठ्नेछ ।

कुम्भ राशि – प्रयासरत काम बन्नेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । मान–प्रशंसा बढ्नेछ । शुभ समाचार प्राप्त होला । विकासको नयाँ सम्भावना देखापर्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । आरोग्यता वृद्धि होला । यात्रा परक काममा सफलता प्राप्त हुनेछ । वार्तामा सफलता मिल्नेछ । व्यस्त रहनुहुनेछ ।

मीन राशि – आरोग्यता बढ्ला । सुख–शान्ति बढ्नेछ । मनोकूलको काम बनेर मन प्रशन्न हुनेछ । शुभ काममा भाग लिनुहुनेछ । यश वर्चश्व बढ्ला । धन यश मान पद प्रतिष्ठा बढ्ला । शुभ काम बन्नेछ । गौरव बढ्ला । सुख–शान्तिमा बढोत्तरी होला । रसरागमा रुचि बढ्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । सुखको वस्तुको लागि धन खर्च गर्नुहुनेछ । आंट पराक्रम बढ्नेछ । ऐश्वर्य वृद्धि हुनेछ । मिठो भोजन मिल्नेछ ।

साताको राशिफल पनि हेर्नुहोस्-

साताको राशिफल (७-१३ असार २०७६, २२-२८ जुन २०१९)
https://ghatanarabichar.com/154430