विश्व शान्ति र समृद्धिका लागि साँस्कृतिक सहकार्यमा जोड

विश्व शान्ति र समृद्धिका लागि साँस्कृतिक सहकार्यमा जोड


विश्वको बदलिदो परिस्थिती अनुसार विभिन्न सभ्यताहरुबीच संवाद, छलफल र अन्तरक्रिया आवश्यक रहेकोमा चिनियाँ नेताएवं उच्चअधिकारीहरुले जोड दिएका छन् ।

चीनको राजधानी बेईजिइमा आयोजित अन्र्तराष्ट्रिय सस्कृति सम्मेलनमा धारणा राख्दै चिनियाँ कम्यूनिष्ट पार्टीका प्रचार विभागका प्रतिनिधी एवं छायोयाइग जिल्ला सरकारका अधिकारी लुभ लानले बहुसास्कृतिक विश्वमा शान्ति र समृद्धिका लागि गहन छलफल र आदानप्रदानको जरुरी रहेको बताउन’भयो । सस्कृतिहरुबीच द्धन्द्ध होईन आपसी सहकार्य र संवादले मात्रविश्व समुदायको आकांक्षा पूरा गर्न सकिने उनको भनाई थियो ।

यस्तै, सम्मेलनमा धारणा राख्दै प्रचार विभागका प्रतिनिधी एवं छायोयाईग सरकारका अर्का अधिकारी पानजीईगले विश्व समुदायको साझा लक्ष्य हासिल गर्नको लागि चीनले विभिन्न संस्कृति र परम्पराबीचको हार्दिक सम्वन्ध एवं साँस्कृतिक आदानप्रदानमा विशेष जोड दिएर काम गरिरहेको जानकारी दिए ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै चिनियाँ विश्व विद्यालयबाट संचार एवं विश्व व्यवस्थामा विद्यावारिधी गर्न गएका बुद्धि प्रसाद शर्माले विश्वका विभिन्न संस्कृतिहरु एवं चिनियाँ संस्कृति तथा परम्परावारे गहन विश्लेषण गर्दै पछिल्लोपटक चीनले सांस्कृतिक आदानप्रदानमा गरेको कार्य एवं भूमिका निकै प्रशंसनीय रहेको चर्चा गरे ।

सम्मेलनमा धारणा राख्ने विभिन्न वक्ताहरुको निचोड नयाँ सन्दर्भमा सांस्कृतिक आदानप्रदान र संवादलाई बढाएर विश्वशान्ति, मेलमिलाप र समृद्धिको लागि योगदान एवं हातेमालो गर्नुपर्नेमा जोड दिएका थिए ।

सम्मलेनमा चिनियाँ अधिकारीहरु, विभिन्न क्षेत्र सम्वद्य प्रतिनिधिहरु एवं चिनियाँ संचार विश्वविश्द्यालयवाट अध्ययन पूरा गरेका एवं गरिरहेका विश्वका विभिन्न देशहरुवाट आएका विद्यार्थीहरु समेत सहभागी थिए । सम्मेलन अघि सहभागिहरुलाई छिपुयी डि पार्कमा अवस्थित विभिन्न व्यापारिक औद्योगिक स्थलहरु, चिनियाँ संस्कृतिको झल्को दिने गरि बनाईएका निर्माणहरु एवं फेसन डिजाईन स्थलहरुको भ्रमण गराईएको थियो । भ्रमणदलमा सहभागीहरुले शान्ति, एकता, विकाश र मेलमिलापमा चिनियाँ प्रयास सकरात्मक र अर्थपूर्ण रहेको धारणा राखेका थिए ।