सुनको मूल्यमा नयाँ रेकर्ड

सुनको मूल्यमा नयाँ रेकर्ड


सुनको मूल्यमा शुक्रबार नयाँ रेकर्ड कायम भएको छ । बिहीबारको मूल्यमा प्रतितोला एक हजार रुपैयाँ बढ्दै शुक्रबार प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भएपछि सुनको मूल्य अहिलेसम्मकै उच्च हुन पुगेको हो ।

बिहीबार पनि बुधबारभन्दा प्रतितोला एक हजार रुपैयाँ बढेर सुनको मूल्य ६४ पुगेपछि नयाँ रेकर्ड कायम भएको थियो । तर, बिहीबारको मूल्यमा शुक्रबार थप एक हजारले बढेर ६५ हजार प्रतितोला भएपछि नेपालमा सुनको मूल्यले इतिहासकै नयाँ रेकर्ड कायम गरेको छ ।

यसअघि ०७० भदौ १२ र ०७५ फागुन ८ गते सुनको मूल्य ६३ हजार तीन सयसम्म पुगेको थियो । तर, हिजो बिहीबार ती दिनको भन्दा प्रतितोला सात सय बढेर सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएकोमा शुक्रबार बिहीबारको भन्दा हजार रुपैयाँ बढेर रेकर्ड कायम भएको हो । आजको ठीक एक महिनाअघि जेठ ९ गते सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

असारमा विवाहका लगन भएकाले निरन्तर भइरहेको सुनको मूल्य वृद्धिबाट उपभोक्ता भने मारमा परेका छन् ।