इंग्ल्यान्डमाथि विजयप्राप्तिका लागि श्रीलंकाले ‘फलामकै चिउरा’ चपाउनु पर्ने

इंग्ल्यान्डमाथि विजयप्राप्तिका लागि श्रीलंकाले ‘फलामकै चिउरा’ चपाउनु पर्ने


जारी विश्व कप क्रिकेटमा पाँचमध्ये चार खेल जितेर अंक तालिकामा तेस्रो स्थानमा रहेको आयोजक इंग्ल्यान्ड आज (६ असार) एसियाली राष्ट्र श्रीलंकासँग भिड्दै छ । आजको खेल हेन्डिग्ले क्रिकेट मैदानमा हुनेछ ।

यो विश्वकपमा कमजोर प्रदर्शन गरेको श्रीलंका अंक तालिकामा छैठौँ स्थानमा छ । आजको खेल श्रीलंकाको लागि ‘गर या मर’को अवस्था छ । यदि श्रीलंकाले आज खेल जितेन भने सेमिफाइनलमा पुग्न असफल हुनेछ । यो विश्वकपमा इंग्ल्यान्डलाई विश्वकप सम्भावित विजेताको रुपमा हेरिएको छ ।

आजको श्रीलंकाली टीममा दिमुथ करुणारत्ने (कप्तान), अविश्का फनाडरे, लाहिरू थिरिमाने, एन्जेलो मैथ्यूज, धनन्जय डी सिल्वा, इसुरु उदाना, मिलिन्दा श्रीवर्दना, थिसारा परेरा, जीवन मेन्डिस, कुशल परेरा (विकेटकीपर), कुशल मेन्डिस, जैफ्री वैन्डरसे, लसिथ मलिङ्गा, सुरङ्गा लकमल, नुवान प्रदीप रहेका छन् ।

त्यस्तै इंग्ल्यान्डको टीममा इयोन मोर्गन (कप्तान), मोइन अली, जोफ्रा आर्चर, जोनी बेयरस्टो (विकेटकीपर), जोस बटलर, टोम कुरेन, लियाम डासन, लियाम प्लन्कट, आदिल राशिद, जोए रूट, बेन स्टोक्स, जेम्स विन्से, क्रिस वोक्स र मार्क वुड रहेका छन् ।