सप्तरी प्रिमियर लिग : चौथो दिनको खेल वर्षाले प्रभावित

सप्तरी प्रिमियर लिग : चौथो दिनको खेल वर्षाले प्रभावित


राजविराज नगरपालिकाको सहयोग तथा सप्तरी क्रिकेट संघको आयोजनामा प.वि.मा.वि.को क्रिकेट मैदानमा जारी मेयर कप सप्तरी प्रिमियर लिग सिजन २ अन्तर्गत हिजो बिहीबारको दुवै खेल वर्षाले भिजेको मैदानका कारण स्थगित भएका छन् ।

बजाज खडक वारियर्स र रुपनी राइडर्स तथा बोदे बर्साइन थण्डर्स र तिलाठी कोइलाडीबीचको खेल टस पनि नभई रोकिंदा चारवटै टिमले १-१ अंक बाँड्न विवश भए ।

बिहीबार विहानको अविरल वर्षाले मैदान पूर्णतया भिजेपछि नेपाली सेना तथा आयोजक सप्तरी क्रिकेट संघले दिनभर मैदान सुकाउने प्रयास गरेको थियो । उक्त प्रयासका बाबजुद फिल्ड खेल्न योग्न नभएको म्याच रेफ्रीले घोषणा गरेका थिए ।

खेल नभएपछि अंक तालिकामा रुपनी राइडर्स ३ खेलमा २ जित र १ बराबरी अंकसहित ५ अंकसहित शीर्ष स्थानमा रहेको छ । यस्तै बोदे बर्साइन ३ खेलमा १ जित १ हार र १ बराबरी अंकसहित ३ अंक बटुली दोश्रो स्थानमा रहेको छ । बजाज खडक वारियर्सको भने ३ खेलमा २ हार र १ खेल बराबरी हुँदा उत्कृस्ट २ हुँदै फाइनल पुग्ने सम्भावना सकिएको छ ।

प्रतियोगिताअन्तर्गत आज शुक्रबार रुपनी राइडर्स र बोदे बर्साइन थन्डर्स बीच पहिलो तथा डाक्नेश्वरी ड्रागन र बजाज खडक वारियर्स बीच दोश्रो खेल हुँदैछ ।

सप्तरी क्रिकेट संघको आयोजना र राजविराज नगरपालिकाको मुख्य प्रयोजनमा असार २ देखि ८ गतेसम्म संचालन हुने लिगमा कुल ५ टिम सहभागी रहेका छन् । बजाज खडक वारियर्सको मार्की खेलाडी राजेश पुलामी, रुपनी राइडर्सकाका मेहबुब आलम, बोदे बर्साईनका मन्जित श्रेष्ठ, तिलाठी कोइलाडीका सुनिल धमला तथा डाक्नेश्वरी ड्रयागन्सका पुष्प थापा मार्की खेलाडी रहेका छन् ।

प्रतियोगिता सिंगल राउण्ड रोबिन फर्म्याटमा खेलाइनेछ । लिग चरणमा सबै ५ टिमले एक अर्कासंग खेल्नेछन् जसपछि अंकतालिकामा उत्कृस्ट हुने २ टिमले असार ८ गते फाइनल खेल्नेछ । लिगको विजेता टिमले २ लाख तथा उप-विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

तेस्रो दिनको खेलमा तिलाठी कोईलाडी र रुपनी विजयी

राजबिराज नगरपालिकाको सहयोग तथा सप्तरी क्रिकेट संघको आयोजनामा सप्तरीको राजविराजमा संचालित मेयर कप सप्तरी प्रिमियर लिग सिजन २ अन्तर्गत तेश्रो दिन सम्पन्न २ खेलमा तिलाठी कोइलाडी जायन्ट र रुपनी राइडर्सले जित दर्ता गरे ।

दोश्रो दिनको खेलमा रुपनी राइडर्सले डाक्नेश्वरी ड्रागनलाई ३२ रनले पराजित गरेको थियो । दोश्रो जितसहित रुपनी अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।

पहिले ब्याटिङ गर्दै रुपनीले दिएको १४५ रनको लक्ष्य पछ्याउने क्रममा डाक्नेश्वरीले २० ओभरमा ९ विकेट गुमाएर ११२ रन मात्रै बनाउन सक्यो । डाक्नेश्वरीको लागि प्रेम तामाङले १८ तथा अविनाश कर्ण र राहुल मण्डलले समान १५ रन बनाए। रुपनीको लागि बलिङमा प्रदिप पासवानले सर्वा्धिक ३ विकेट लिए भने अनोज यादव र सैदुल्लाह अन्सारीले २÷२ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिंग गरेको रुपनी राइडर्सले १९.५ ओभरमा सबै विकेट गुमाएर १४४ रनको योगफल तयार गरेको थियो ।

रुपनीको लागि ओपनिङ ब्याटिङ गरेका सोनु अन्सारीले आक्रामक इनिङ खेल्दै मात्र २३ बलमा ४ छक्का र ४ चौका मद्दतले सर्वा्धिक ४४ रन बनाए । यस्तै अनोज यादबले पनि इनिङको अन्तिममा ५ छक्का प्रहार गर्दै २३ बलमा ३६ रन बनाए । कप्तान मेहबुब आलमले १६ तथा हसिम अन्सारीले १५ रन बनाए ।

डाक्नेश्वरी ड्रागनको लागि बलिङमा अफ(स्पिनर दिपेश कंडेलले सर्वा्धिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २६ रन खर्चिए। यस्तै पुष्प थापा र प्रेम तामाङले २र२ विकेट लिए। खेलको प्लेयर अफ द म्याच अनोज यादव घोषित भए ।

दिनको पहिलो खेलमा तिलाठी कोइलाडी जायन्टले बजाज खडक वारियर्सलाई ८ विकेटले सहजै पराजित गर्दै पहिलो जित दर्ता गरेको छ । प्रतियोगितामा खडक वारियर्सको यो दोश्रो हार हो ।

पब्लिक विन्देश्वरी स्कुल मैदानमा पहिले ब्याटिङ गर्दै बजाज खडक वारियर्सले दिएको १३२ रनको लक्ष्य तिलाठी कोइलाडीले मात्र २ विकेट गुमाएर २४ बल बाँकी छँदै पुरा गरेको थियो ।

तिलाठी कोइलाडीको जितमा ओपनिङ ब्याट्सम्यान सुनिल धमलाले आक्रामक ब्याटिङ गर्दै अविजित ८४ रन बनाए । राष्ट्रिय टिमको लागि समेत खेलीसकेका धमलाले ५५ बलमा १० चौका र २ छक्का प्रहार गरे । यस्तै सुरज पटेलले ३४ रन बनाए । धमला र पटेलले तेश्रो विकेटको लागि ८७ रनको अविजित साझेदारी गरेका थिए ।

यस अघि टस जितेर ब्याटिंग गरेको बजाज खडक वारियर्सले २० ओभरमा ७ विकेट गुमाएर १३१ रन बनाएको थियो ।

वारियर्सको लागि कप्तान राजेश पुलामीले सर्वा्धिक ५० रन बनाए जुन क्रममा ५० बलमा ३ चौका र तीनवटै छक्का प्रहार गरे। यस्तै अमित दासले २६, अमल दासले १७ तथा सुधिर चौधरीले १२ रन बनाए ।

एक समय ५४÷६ को कमजोर अवस्थामा पुगेको वारियर्सलाई पुलामी र अमितले सातौँ विकेटको लागि ७६ रनको साझेदारी गर्दै उकासेका थिए ।

तिलाठी कोइलाडीको लागि सुनिल धमला र कमल ओलीले समान २÷२ विकेट तथा रोहित सिंह, अनिल यादब र विकास दासले १÷१ विकेट लिए । धमलाले ४ ओभरमा मात्र १३ रन खर्चिए । सुनिल धमला खेलको प्लेयर अफ द म्याच चुनिए ।

सप्तरी क्रिकेट संघको आयोजना र राजविराज नगरपालिकाको मुख्य प्रयोजनमा असार २ देखि ८ गतेसम्म संचालन हुने लिगमा कुल ५ टिम सहभागी रहेका छन् । बजाज खडक वारियर्सको मार्की खेलाडी राजेश पुलामी, रुपनी राइडर्सकाका मेहबुब आलम, बोदे बर्साईनका मन्जित श्रेष्ठ, तिलाठी कोइलाडीका सुनिल धमला तथा डाक्नेश्वरी ड्रयागन्सका पुष्प थापा मार्की खेलाडी रहेका छन् ।

प्रतियोगिता सिंगल राउण्ड रोबिन फर्म्याटमा खेलाइनेछ । लिग चरणमा सबै ५ टिमले एक अर्कासंग खेल्नेछन् जसपछि अंकतालिकामा उत्कृस्ट हुने २ टिमले असार ८ गते फाइनल खेल्नेछ । लिगको विजेता टिमले २ लाख तथा उप–विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ ।