१० महिनामा रेमिट्यान्स आम्दानी ७ खर्ब २५ अर्बमाथि

१० महिनामा रेमिट्यान्स आम्दानी ७ खर्ब २५ अर्बमाथि


नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनले चालु आर्थिक वर्षको १० महिनामा रेमिट्यान्स आम्दानी ७ खर्ब २५ अर्ब माथि रहेको देखाएको छ । यो आम्दानी रोजगारीका लागि विदेशिएका नेपाीबाट प्राप्त भएको हो ।

तर यो आम्दानी उपभोग्य क्षेत्रमा खर्च हुँदा व्यापारघाटा गत वर्षभन्दा झण्डै २० प्रतिशतले बढेको अर्थविद्हरुको तर्क छ । उनिहरु व्यापार घाटा बढ्दै जानुमा उत्पादन नहुनु र रेमिट्यान्स उपभोगमा खर्च हुनु भएको दावी गर्छन् । अर्थशास्त्री नरबहादुर थापाले मुलुकभित्र वस्तु उत्पादन कम हुनु र आयात गरिएको बस्तुमा निर्भर रहनुले व्यापार घाटामा उछाल आएको तर्क गर्छन् ।

समिक्षाअवधिमा कुल वस्तु व्यापार घाटा ११ खर्ब रुपैयाँ पुगेको राष्ट्र बैंछ । जुन गत वर्षको भन्दा १९ दशमलव ७ प्रतिशतले बढी हो । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याङ्क अनुसार बैशाखसम्म निर्यात आयात अनुपात ६ दशमलव ७ प्रतिशतमा सिमित भएको छ । यो तथ्याङ्क गत वर्ष भन्दा कम हो । ‘मुलुकभित्र औद्योगिक क्षेत्रको उतपादनमा अपेक्षाकृत अनुपातमा वृद्धि भएन् ।’ अर्थशास्त्री थापा भन्छन्, ‘आयात गरेर उपभोग गर्नुपर्ने अवस्था आउनुले व्यापारघाटा बढेको हो । यसलाई नियन्त्रण गर्न जरुरी छ ।’

निर्यातजन्य वस्तुको उत्पादन हुन नसक्नु र त्यस क्षेत्रमा लगानी समेत बढ्न नसक्नुले व्यापार घाटालाई लामो समयसम्म कम गर्न नसकिने नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्रीको तकृ छ । उनका अनुसार अहिले जिडिपीको आकारको २५ प्रतिशत बराबर रेमिट्यान्स आउँछ । तर उक्त रेमिट्यान्स उत्पादनमुलक क्षेत्रमा भन्दा उपभोगमा खर्च हुँदा व्यापारघाटा चुलिदै गएको हो । समिक्षा अवधिमा रेमिट्यान्सबाट मात्रै ७ खर्ब २५ अर्ब ३० करोड रुपैयाँ भित्रिएको प्रतिवेदनले देखाएको छ । जुन गत वर्षभन्दा झण्डै १९ दशालव ६ प्रतिशतले बढी हो । तर रेमिट्यान्सबाट भएको आम्दानीभन्दा बढी उपभोग र आयातबाट भएको छ । जसका कारण चालु खाता घाटा अहिलेपनि २ खर्ब २१ अर्ब ४० करोड रुपैयाँ छ भने शोधनान्तरस्थिति ६८ अर्ब २० करोडले घाटामा छ । यस्तो स्थितिमा उपभोग्य वस्तुको उत्पादन बढ्न नसक्नु र रेमिट्यान्सबाट आएको रुपैयाँ उपभोगका लागि खर्च हुनुले व्यापार घाटा अझै बढ्दै जाने छ ।

सरकारले बजेटमार्फत आन्तरिक उत्पादनलाई जोड दिने भनेपनि कार्यन्वयनमा चुनौति देखिएको छ । नेपालको अर्थतन्त्र आयातमा आधारित भएकोले तत्काल आयातलाई प्रतिस्थापन गर्न कठिन देखिएको अर्थविद्हरुको तर्क छ