सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको ६४ हजार

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको ६४ हजार


बिहीबार नेपाली बजारमा छापावाल सुन अहिलेसम्मकै महँगो भएको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ६४ हजार रुपैयाँ पुगेपछि सुनको मूल्य अहिलेसम्मकै सबैभन्दा बढी भएको हो ।

बुधबार प्रतितोला ६३ हजार रुपैयाँमा कारोेबार भएको छापावाल सुनको मूल्य बिहीबार हजार रुपैयाँले बढेर ६४ हजार पुगेको हो ।

यसअघि ०७० भदौ १२ र ०७५ फागुन ८ गते सुनको मूल्य ६३ हजार तीन सयसम्म पुगेको थियो । तर, बिहीबार ती दिनको भन्दा प्रतितोला सात सय बढेर सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।