गोकर्णेश्वरमा बस पल्टिँदा एकको मृत्यु

गोकर्णेश्वरमा बस पल्टिँदा एकको मृत्यु


काठमाडौंको सुन्दरीजलबाट रत्नपार्क आउँदै गरेको बस बिहीबार गोकर्णेश्वरमा पल्टिँदा एकजनाको मृत्यु भएको छ । बा.१ख ८७४४ नम्बरको बस गोकर्णेश्वर–४ तालचोकमा पल्टिएको हो ।

दुर्घटनामा ज्यान गुमाउनेको पहिचान हुन सकेको छैन । दुर्घटनामा परी अन्य १० जना घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण खुल्न सकेको छैन । बस दुर्घटनामा परेसँग चालक फरार भएकोले प्रहरीले उनको खोजी गरिरहेको छ ।