एशियन कुराँशमा कृतिलाई कास्य

एशियन कुराँशमा कृतिलाई कास्य


थाइल्याण्डको पतायामा भएको छैठौं एशियन यु–२० जुनियर कुराँश च्याम्पियनसिपमा नेपालले कास्य पदक प्राप्त गर्न सफल भएको छ । उक्त प्रतियोगितामा महिला ५७ केजी तौल समूहमा कृति शर्माले नेपाललाई कास्य दिलाएकी हुन् ।

कृति सेमिफाइनलमा उज्वेकिस्तानकी खेलाडी मामासाहेवा इरोदासंग पराजित भएकी संघका महासचिव प्रतिक्षा खरेलले जानकारी गराइन् । प्रतियोगितामा ८ राष्ट्रले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा नेपालको तर्फबाट कृती शर्मा, विपल तुलाधर र शेरबहादुर घर्ती सहभागिता जनाएका छन् । दुई खेलाडीको प्रतिस्पर्धा असार ५ गते बिहीबार हुँदैछ ।

प्रतियोगिताकै दौरान भएको एशियन कुराश महासंघको कंग्रेसमा नेपाल कुराश संघकी महासचिव प्रतीक्षा खरेलले सहभागिता जनाएकी थिइन् ।