यस्तो छ भाजपाको ताकत !

यस्तो छ भाजपाको ताकत !


संसारमा कुनै पनि वस्तु या अवस्था स्थायी छैनन् र सत्ताको शक्ति त झनै अस्थायी मानिन्छ । तथापि छिमेकी मित्रराष्ट्र भारतको सत्तारुढ दल भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीको आजको ताकत हेर्दा अब भारतमा सितिमिति अर्को कुनै शक्तिको पुनरागमन या उदय नहुने देखिएको छ । भाजपा आफैँ सङ्कटमा फसेन र विभाजनको अवस्थासम्म पुगेन भने भाजपालाई टक्कर दिन सक्ने अर्को कुनै शक्तिको उदय निकै कठिन देखिन्छ ।

यतिबेला राष्ट्रपति, प्रधानमन्त्री, उपराष्ट्रपति, गृहमन्त्री, रक्षामन्त्री र लोकसभाका अध्यक्ष मात्र भाजपाका तर्फबाट छैनन्, अठार मुख्यमन्त्री र उनान्तीस राज्यपाल पनि भाजपाकै छन् । वनवासी कल्याण आश्रमलगायतका केही सङ्घसंस्थाले सार्वजनिक गरेको विवरणमा भाजपाको एक लाख शाखा, पन्ध्र करोड स्वयम्सेवक, दुई लाख सरस्वती मन्दिर, पाँच लाख आचार्य, एक करोड विद्यार्थी, दुई करोड एबीभीपीका कार्यकर्ता, पन्ध्र करोड भाजपा सदस्य, बाह्र सय प्रकाशन समूह, नौ हजार पूर्णकालिक, सात लाख पूर्वसैनिक परिषद् सदस्य र एक करोड विश्व हिन्दू परिषद्का सदस्य भारतीय जनता पार्टीको शक्तिका रूपमा रहेको छ ।

त्यस्तै, तीस लाख बजरङ्ग दलको हिन्दुत्व सेवक, साढे एक लाख सेवाकार्य, अठार राज्यमा सरकार, २८३ लोकसभा सदस्य, ५८ राज्यसभाका सांसद र १४६० विधायक पनि भाजपाको शक्ति बनेर बसेको छ । करिब सय वर्षअघि स्थापित राष्ट्रिय स्वयम्सेवक सङ्घलाई चुनौती दिन सक्ने अर्को कुनै सङ्गठनको बिउ भारतमा अहिलेसम्म देखिएको छैन र देखिने सम्भावना पनि छैन ।

स्पष्ट विचार, राष्ट्रवादी चरित्र र निरन्तरको लगनशिलताले भाजपालाई विश्वराजनीतिको नयाँ उचाइमा पु¥याएको छ । अहिले विश्वका प्रजातान्त्रिक मुलुकहरूमध्ये सबैभन्दा ठूलो शक्तिका रूपमा भाजपा रहेको विश्वास गरिएको छ ।