काम लगाइदिने भन्दै ६ करोड ठगी गर्ने पौडेल पक्राउ

काम लगाइदिने भन्दै ६ करोड ठगी गर्ने पौडेल पक्राउ


महानगरीय अपराध महाशाखाले सिंगापुरको क्रुजमा काम लगाइदिने भन्दै ६ करोड रुपैयाँ ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

महाशाखाको टोलीले आकर्षक तलब हुने भन्दै रु. ६ करोड ठगी गरेको आरोपमा नुवाकोट गणेशस्थानका ३४ वर्षीय प्रवीन पौडेललाई मंगलबार मकवानपुरबाट पक्राउ गरी बुधबार काठमाडौं ल्याई सार्वजनिक गरेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलकुमार थापाले काठमाडौंको विशालनगरमा ‘द एपेरिङक फर्म प्रालि’ नामक ट्रेनिङ सेन्टर खोलेर पौडेलले विभिन्न व्यक्तिलाई ठगी गरेको जानकारी दिए ।

‘पौडेलले सिंगारपुरको सोलास कम्पनीको पानीजहाजमा काम लगाइदिने भन्दै विभिन्न व्यक्तिलाई भारतको लखनउमा पठाएर तालिमसमेत दिने गरेको अनुसन्धानमा खुलेको छ,’ उनले भने ।

पक्राउ परेका पौडेलले काम गर्न जाने लागत रु पाँच लाख र तलब अमेरिकन ६ सय ५० डलर हुने प्रलोभन देखाएर तनि सयभन्दा बढीको रु. ६ करोड ठगी गरेको महाशाखाको दाबी छ ।