दक्षिण कोरियाले उत्तर कोरियालाई ५० हजार टन चामल सहयोग गर्ने

दक्षिण कोरियाले उत्तर कोरियालाई ५० हजार टन चामल सहयोग गर्ने


दक्षिण कोरियाले उत्तर कोरियालाई ५० हजार टन चामल सहयोग गर्ने दक्षिणी कोरियाली एकीकरण मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

दुई कोरिया मामिलाको प्रमुख योजना बनाउने एकीकरण मन्त्रालयका मन्त्री किम ऐअन चुलले टेलिभिजनमार्फत एक पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् ।

विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) मार्फत उत्तर कोरियालाई उक्त चामल प्रदान गरिने किमले बताए । उनका अनुसार सरकारले दुई महिनाभित्र उक्त ५० हजार टन चामल उत्तर कोरियालाई दिई सक्ने डब्ल्यूएफपीले जानकारी दिएको छ ।

यसै महिनाको शुरुमा उत्तर कोरियाका लागि ८० लाख अमेरिकी डलरबराबरको रकम दक्षिण कोरियाले डब्ल्यूएफपी र युनिसेफमार्फत उत्तर कोरियालाई दिएपछि पुनः यो चामल प्रदान गर्ने योजना आएको हो ।