अजेय जनता-रामेश्वर राउत मातृदास

अजेय जनता-रामेश्वर राउत मातृदास


जनता नै देवता हुन् पुज्य सुनका थाली
जनता नै मालिक हुन् धरतीका माली
जनताको आँगन पिँढी दुर्दम्भीलाई होइन
जनतालाई जित्न सक्ने ताकत कुनै छैन
।।१।।
जनताकै जीवन धन हो मुक्तिधाम खास
जनताकै ढुकढुकीमार् इश गर्छन् बास
जनताले छाडिगए धरती/आकाश खाली
जनताकै विश्वासमा फल्छन् अमृतबाली
।।२।।
जनताले पुजे पत्रु, पत्थर हीरा बन्छ
जनताकै हृदयमा अविनाशी धन छ
जनतालाई हेप्ने/चेप्ने हुन्छन् ज्युँदा लास
जनताको पिरतीले हट्छन् सारा त्रास
।।३।।
जनताको मान-सम्मान अजम्बरी पूजा
जनताको साथ छुट्ने हुन्छन् धुजाधुजा
जनता नै घाम अनि अन्धकारका जून
जनता नै आश अनि उत्साहका धून
।।४।।
जनता नै आविष्कार हुन् उन्नतिको बाटो
जनताकै शक्ति हो यो अजर अमर माटो
जनताको हृदयमा बास पाउने महान्
जनताको प्रीत पाउनर्ेर् इश्वरका जहान्
।।५।।
जनता नै समृद्धि हुन् शिखरका धुरी
जनताको शक्ति जुटे सृष्टि र्स्वर्गपुरी
जनताको बुद्धि बुता शक्तिराष्ट्र चुरो
जनता नै जागृतिको मियो थाम्ने सुरो
।।६।।
जनताको फाँट अग्लो विश्व झलमल
जनताकै साथ हुन्छन् आत्म पलपल
जनताको क्षितिज खुल्दा जून गुनगुनाउँछन्
जनताकै आँगनीमा घाम छुनमुनाउँछन्
।।७।।
जनताको साथ मीठो अजम्बरी फल
जनताकै साथ बग्छन् सञ्जीवनी जल
जनताले पूजा गरे देवता बन्छ ढुङ्गो
जनताकै अभिमतले लाग्छ युगको टुङ्गो
।।८।।
जनता नै सागर हुन् जनता नै खोला
जनताकै लामलहर अस्तित्वको चोला
जनता नै आकाश हुन् जनता नै धरती
जनताले बनाउँछन् सृष्टि उर्वर/पर्ती
।।९।।
जनता नै राम डाक्छन् जनता नै बुद्ध
जनता नै सङ्ले मात्र सृष्टि हुन्छ शुद्ध
जनता नै कृष्ण पुज्छन् जनता नै कंश
जनता नै जगतका अस्मिताको अंश
।।१०।।
जनता नै खोला बन्छन् जनता नै पानी
जनताले जस्तो रोज्छन् त्यस्तै जिन्दगानी
जनताको चाहना नै जीवनको मोड
जनताले बिर्संदैनन् अन्यायको तोड
।।११।।
जनता नै गौरव र इज्जतका तारा
जनताको फैलावटले विश्व ढाक्छ सारा
जनताको यश कीर्ति जगतको भलो
जनताको उत्साह नै मुलुक थाम्ने बलो
।।१२।।
जनता नै सागर हुन् जनता नै शिखर
जनताको ठम्याइ नै सत्य-न्याय निखर
जनताको आकाङ्क्षा नै उद्देश्यका धाम
जनताकै मुस्कान भर्न आउँछन् दिव्य घाम
।।१३।।
जनता नै अजेय छन् हर्ेर्ने हर्दम भय
जनताकै हुनुपर्छ सधैं जय जय †
जनताको जयमा नै दूर हुन्छ भय
जनताकै गर्नुपर्छ पुकार जय जय †
।।१४।।

कविता मुस्कुराउँछिन-ठाकुर शर्मा
दु:खमा सुखमा साथ दिने हुन् कविता यहाँ
स्वच्छ, निर्मल भाकामा उदाउने स्व-चित्तमा ।१।
रुँदा हँसाउने गर्छिन् ढल्दा समाउने यिनै
हरेक कर्मका साथ चल्ने चलाउने यिनै ।२।
ठम्याउन सके मात्र अणुमा परमाणुमा
रमाएकी सधैं मेरी कविता भेट्छु साथमा ।३।
नीरमा क्षीरमा खोज्छु बाहिरी यो विहारमा
कविता हेर्दछिन् छड्के आँखाले सूक्ष्मधारमा ।४)
वसन्तमा उनै खेल्छिन् ग्रिष्मको तापमा उनै
शारदीयाम होस् चाहे माघको याममा उनै ।५।
सपना विपनाभित्र कल्पनाधारमा पनि
डुलेको देख्छु मुस्काई कलाकलममा यिनी ।६।
भन्छन् क्वै रस आत्मा हो रस नै ब्रह्मरूप हो
ब्रह्माणी कविताभन्दा अन्य के नै भयो, रह्यो ।७।
शब्द, स्पर्श सबै भित्र कविता नै रमाउँछिन्
चराचर छ आधार सर्वत्र मुस्कुराउँछिन् ।८।
यिनकै रसमा रम्ने स्थावरजङ्गम
कविता विपुला दृष्टि हुँदा नै हुन्छ सङ्गम ।९।
कवितामा रमाएर बस्ने मानिसको मन
अरूको हितमा लाग्ने कार्यानन्द बन्यो धन ।१०।