अन्ततः गल्यो सरकार, गुठी विधेयक फिर्ता

अन्ततः गल्यो सरकार, गुठी विधेयक फिर्ता


गुठी मास्ने गरी विधेयक ल्याएकोमा चौतर्फी विरोध भएपछि अन्ततः सरकारले गुठी विधेयक फिर्ता लिएको छ । गुठी विधेयकको पक्षमा जमेर तर्क गर्दै आएकी भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले मंगलबार सरकारले विधेयक फिर्ता लिने निर्णय गरेको जानकारी दिएकी हुन् ।

तथापि सरोकारवालासँग थप छलफल आवश्यक देखिएकाले विधेयक फिर्ता लिएको तर्क उनले गरेकी छन् ।

उक्त विधेयक गत वैशाख १५ गते राष्ट्रियसभामा दर्ता भएको थियो ।

ज्ञातव्य छ, मंगलबार दिउँसो संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा गुठी विधेयक र युरोप भ्रमणबारे बोल्न खोज्दा प्रतिपक्षी कांग्रेसले अवरोध गरेको थियो।