चीनमा भूकम्पबाट एघारको मृत्यु

चीनमा भूकम्पबाट एघारको मृत्यु


चीनमा सोमबार राति गएको भूकम्पमा परी कम्तीमा एघारजनाको मृत्यु भएको छ । चीनको सिन्चुआन प्रान्तमा आएको सो भूकम्पमा परी अरू १ सय २२ जना घाइते भएका अधिकारीहरूले जनाएका छन् ।

चिनियाँ भूकम्प सञ्जाल केन्द्र (सीईएनसी) का अनुसार ६ रेक्टर स्केलको भूकम्प गएको हो । स्थानीय समयअनुसार भूकम्प राति १०ः५५ बजे गएको थियो ।

अधिकारीहरूले खोजी तथा उद्धारकार्य चलिरहेको जनाएका छन् । आपतकालीन व्यवस्थापन मन्त्रालयले घटनास्थलमा आपतकालीन उद्धार टोली र राहत सामग्री पठाइएको जनाएको छ । भूकम्पकै कारण सिन्चुआन प्रान्तका सडक अवरुद्ध भएका छन् भने जनजीवन पनि प्रभावित भएको छ ।