विश्वकप क्रिकेटमा बलियो इंग्ल्यान्ड र कमजोर अफगानिस्तानबीच आज भीडन्त हुने

विश्वकप क्रिकेटमा बलियो इंग्ल्यान्ड र कमजोर अफगानिस्तानबीच आज भीडन्त हुने


विश्वकप क्रिकेट २०१९ को २४औं खेल आज (३ असार) आयोजक राष्ट्र इंग्ल्यान्ड र यो विश्वकपकै सर्वाधिक कमजोर राष्ट्र अफगानिस्तानबीच हुँदैछ । खेल म्यानचेस्टरको ओल्ड ट्राफोर्ड मैदानमा हुनेछ ।

इंग्ल्यान्ड यो विश्वकपकै प्रबल दाबेदार टीम हो भने अफगानिस्तान सबैभन्दा कमजोर । अफगानिस्तानले अहिलेसम्म खेलेका चार खेलमा एउटा खेल पनि जित्न सकेको छैन । र पनि अफगानिस्तानलाई इंग्ल्यान्डले कम आँकेको छैन । इंग्ल्याण्डले यो खेलमा आफ्नो पहिलो रोजाईको टीम उतार्ने छ ।

आजको अफगानिस्तानको टीममा गुलबदीन नैब (कप्तान), नूर अली जादरान, हजरतुल्लाह जादरान, असगर स्टानिकजाई, हजरतुल्लाह जाजई, हसमतुल्लाह जादरान, राशिद खान, दौलत जादरान, अफताब आलम, हामिद हसन, मुजीब उर रहमान, रहमत शाह, समिउल्लाह शिनवारी, मोम्मद नबी, मोहम्मद शाहजाद र इकराम अली (विकेटकीपर) रहेका छन् ।

त्यस्तै इंग्ल्यान्डको टीममा इयोन मोर्गन (कप्तान), मोइन अली, जोफ्रा आर्चर, जोनी बेयरस्टो (विकेटकीपर), जोस बटलर, टोम कुरैन, लियाम डोसन, लियाम प्लन्कट, आदिल राशिद, जोय रूट, बेन स्टोक्स, जेम्स विन्से, क्रिस वोक्स र मार्क वुड रहेका छन् ।