विश्वकप क्रिकेटमा सर्वाधिक रन बनाउँदै शकिव पहिलो स्थानमा

विश्वकप क्रिकेटमा सर्वाधिक रन बनाउँदै शकिव पहिलो स्थानमा


वेष्टइन्डिजविरुद्ध सतकीय पारी खेल्ने बंगलादेशका क्रिकेटर शकिव अल हसन विश्वकप–१९ मा अहिलेसम्म सबैभन्दा बढी रन बनाउने खेलाडीमा अग्रपङ्क्तिमा रहेका छन् । शकिवले वेष्टइन्डिजविरुद्ध ९९ बलमा १ सय २४ रनको अविष्मणीय सतकिय पारी खेलेपछि उनी नम्वर एकको सूचिमा परेका हुन् ।

विश्वका नम्बर एक अलरान्डरको रुपमा परिचित शकिवले चार खेलमा ३ सय ८४ रन बनाएका छन् । उनले यसभन्दाअघि पहिलो स्थानमा रहेका अष्ट्रेलिया कप्तान एरोन फिन्चलाई हटाएका थिए । फिन्चले ३ सय ४३ रन बनाएर अहिले दोश्रो नम्बरमा छन् ।

शकिवले अहिलेसम्म चार खेलमा १ सय २८ को औसतले रन बनाउँदै दुई सतक र दुई अर्धसतक प्रहार गरेका छन् । शकिबले पहिलो अर्धसतक दक्षिण अफ्रिकाविरुद्ध बनाएका थिए ।

त्यस्तै तेस्रो नम्वरमा भारतका रोहित शर्मा रहेका छन् । उनले तीन खेलमा दुई सतक र एक अर्धसतकका साथ ३ सय १९ रन बनाएका छन् ।