बंगलादेशको सनसनीपूर्ण प्रदर्शन, वेष्टइन्डिजलाई ठूलो धक्का

बंगलादेशको सनसनीपूर्ण प्रदर्शन, वेष्टइन्डिजलाई ठूलो धक्का


विश्वकप क्रिकेटमा एसियाली राष्ट्र बंगलादेशले दुईपटकको विश्वकप विजेता वेष्टइन्डिजमाथि सनसनीपूर्ण जित हासिल गरेको छ । बंगलादेश वेष्टइन्डिजलाई ७ विकेटले पराजित गरेको हो ।

बंगलादेशलाई यो ऐतिहासिक जित दिलाउन विश्वका नम्बर एक अल राउण्डर शकिव अल हसनले १ सय २४ रनको अविष्मणीय सतकीय पारी खेलेका थिए । शकिवको यो विश्वकपमा यो दोश्रो सतक हो । यसभन्दाअघि शकिवले दक्षिण अफ्रिका विरुद्ध पहिलो सतक प्रहार गरेका थिए ।

पहिलो व्याटिङ गरेको वेन्टइन्डिजले निर्धारित ५० ओभरमा ३ सय २१ रन बनाएको थियो । प्रतित्तरमा ब्याटिङ गर्न आएको बंगलादेशले उत्कृष्ट क्रिकेट खेल्दै ४१.३ ओभरमै खेल आफ्नो पक्षमा पारेको थियो ।

बंगलादेशसंग पराजित भएपछि वेष्टइन्डिजका कप्तान जोसन होल्डरले आफ्नो टीम संकटमा परेको वताएका छन् । अहिलेसम्म पाँच खेल खेलेको वेष्टइन्डिजले १ खेलमा मात्र विजय हासिल गरेको छ । अर्को चरणमा पुग्न बाँकी रहेका ४ खेलमा फाइनल जसरी खेल्नुपर्ने बाध्यता बनेको होल्डर बताए ।

बाँकी रहेका चार खेलमा वेष्टइन्डिजले भारत र न्युजिल्याण्ड जस्ता बलियो प्रतिद्वन्दीसंग खेल्नु पर्नेछ ।