ओलम्पियन संघको ‘निमित्त अध्यक्ष’मा तुलाधर

ओलम्पियन संघको ‘निमित्त अध्यक्ष’मा तुलाधर


नेपाल ओलम्पियन संघको निमित्त अध्यक्षको जिम्मेवारी ओलम्पियन प्रवीन तुलाधरले पाएका छन् । अध्यक्ष सुनिलाल जोशीको आकस्मिक निधन भएपछि उक्त पद रिक्त भएको थियो ।

हालै बसेको संघको बैठकले हालका उपाध्यक्ष तथा बक्सिङका प्रशिक्षक तुलाधरलाई निमित्त अध्यक्षको कार्य गर्नेगरी जिम्मेवारी सुम्पिएको हो । संघको दोश्रो उपाध्यक्षमा संगीना वैद्य, महासचिवमा पुष्पराज ओझा र सचिवमा मुकुन्दहरि श्रेष्ठ रहेका छन् भने कोषध्यक्षमा कृष्णबहादुर बस्नेत तथा सदस्यहरूमा विमला रानामगर, नयना शाक्य र ऋषिराम प्रधान रहेका छन् ।