राष्ट्रिय स्केट बोर्ड च्याम्पियनसिप शुरु

राष्ट्रिय स्केट बोर्ड च्याम्पियनसिप शुरु


नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको आयोजनामा तेश्रो राष्ट्रिय स्केट बोर्ड च्याम्पियनसिप आज (जेठ ३१) देखि सुरु भएको छ ।

प्रतियोगितामा पुरुषमा १ सय तथा महिलामा ५० गरी १ सय ५० खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष अच्यूत खनालले जनाएका छन् ।

च्याम्पियनसिपमा सिनियर, जुनियर पुरुष तथा महिलामा गरी ४ स्पर्धामा भीडन्तमा हुनेछ । जेठ ३२ गते शनिबारसम्म चल्ने प्रतियोगिताका खेलहरु ठमेलस्थित काठमाडौं स्केटपार्कमा हुनेछ ।

भिन्न–भिन्न स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेलाई नगद पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।