आज इंग्ल्यान्डको ‘व्याटिङ’ र वेष्टइन्डिजको ‘बलिङ’को परीक्षा हुने

आज इंग्ल्यान्डको ‘व्याटिङ’ र वेष्टइन्डिजको ‘बलिङ’को परीक्षा हुने


आईसीसी वल्र्ड कप क्रिकेट २०१९ अन्तर्गत जेठ ३१ गते शुक्रबार आयोजक राष्ट्र इंग्ल्यान्ड र क्यारेवियन राष्ट्र वेष्टइन्डिजविरुद्ध खेल हुनेछ । यो खेल साउथम्टनको रोज बाउल क्रिकेट मैदान हुनेछ । खेल नेपाली समय अनुसार ३ः१५ शुरु हुनेछ ।

एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा अहिलेसम्म इंग्ल्यान्ड र वेष्टइन्डिजको ६ पटक भीडन्त भएको छ । जस्मा ५ पटक आयोजक इंग्ल्यान्डले बाजी मारेको छ । यस्तो अवस्थामा आजको खेल दुवै टीमका लागि निकै अहम मानिएको छ ।

यो विश्वकपमा अहिलेसम्म दुवै टीमले तीन, तीन खेल खेलेका छन् । जस्मा इंग्ल्यान्डले २ खेल जित र एक खेलमा हारको मुख देख्नुपरेको छ । इंग्ल्यान्ड आफ्नो दोश्रो खेलमा यो विश्वकपमा कमजोर मानिएको पाकिस्तानसंग पराजित भएको थियो ।

त्यस्तै वेष्टइन्डिजले १ खेलमा जित, एकमा बराबरी र एकमा पराजित भएको छ । वेष्टइन्डिज अष्ट्रेलियासंग पराजित भएको थियो भने दक्षिण अफ्रिकासंगको खेल वर्षा कारण रद्द हुँदा अङ्क बाँड्नु परेको थियो । साथै वेष्टइन्डिजले पाकिस्तानलाई आफ्नो पहिलो खेलमा पराजित गरेको थियो ।

आज हुने खेलमा इंग्ल्यान्डको व्याटिङ र वेष्टइन्डिजको बलिङको परिक्षा हुनेछ । इंग्ल्याण्डले अहिलेसम्म खेलका तीनवटा खेलमा ३ सयभन्दा अधिक रन बनाएको छ भने उसका तीन खेलाडीले सतक समेत बनाई सकेका छन् ।

यो विश्वकपमा अहिलेसम्म खेलेका खेलमा वेष्टइन्डिजका बलरहरु निकै फर्ममा देखिएका छन । सो कुरालाई वेष्टइन्डिजका बलरहरुले पाकिस्तान, अष्ट्रेलिया र दक्षिण अफ्रिकासंग भएको खेलमा प्रमाणित गरिसकेका छन् । त्यसैले आजको खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ ।

आजको खेलमा वेष्टइन्डिजको टीममा जेसन होल्डर (कप्तान), क्रिस गेल, इविन लुइस, डैरेन ब्रावो, शिमरोन हेटमेयर, एश्ले नर्स, फैबियन एलेन, आन्द्रे रसेल, कार्लोस ब्रेथवेट, निकोलस पूरन , शाई होप , केमार रोच, ओशाने थन्मस, शेनान गैब्रियल, शेल्डन कान्टरेल रहेका छन् ।

त्यस्तै आयोजक इंग्ल्यान्डको टीममा इयोन मोर्गन (कप्तान), मोईन अली, जोफ्रा आर्चर, जोनी बेयरस्टो, जोस बटलर, टोम कुरेन, लियाम डान्सन, लियाम प्लंकेट, आदिल राशिद, जो रूट, जेसन रोय, बेन स्टोक्स, जेम्स विन्स, क्रिस वोक्स, मार्क वुड रहेका छन् ।