सैनिक विमान दुर्घटनामा दुईको मृत्यु

सैनिक विमान दुर्घटनामा दुईको मृत्यु


मध्य भियतनामको खान्ह होआ प्रान्तमा तालिमका क्रममा शुक्रबार एक सैनिक विमान दुर्घटनाग्रस्त भएको छ ।

सो दुर्घटनामा दुईजना विमानचालकको मृत्यु भएको भियतनामी समाचार समितिले जानकारी दिएको छ । क्याम लाम जिल्लाको सुओई तान क्षेत्रमा भएको विमान दुर्घटनापछि आगलागी भएको सेनाले जनाएको छ ।

एक विमान चालकको घटनास्थलमा मृत्यु भएको र अन्य दुईमध्ये एकको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।