थ्री बाइ थ्री बास्केटबलमा नर्थ पोल र लुम्बिनी च्याम्पियन

थ्री बाइ थ्री बास्केटबलमा नर्थ पोल र लुम्बिनी च्याम्पियन


नर्थ पोल र आयोजक लुम्बिनी तेश्रो लुम्बिनी थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा च्याम्पियन बनेका छन् । नर्थ पोल ब्वाइज तथा लुम्बिनी गल्र्समा च्याम्पियन बनेका हुन् ।
ब्वाइज फाइनलमा नर्थ पोलले डिफेन्डिङ च्याम्पियन गे्रट मायालाई १४–११ ले पराजित गऱ्यो । नर्थ पोलको जितमा अमन काम्वाङ लिम्बूले ६ अंक योगदान गरे । त्यस्तै गल्र्सको उपाधि भिडन्तमा अस्मिता थापाको ८ अंक सहयोगमा लुम्बिनीले मोर्गनलाई १६–८ ले पराजित गरेको थियो ।

ब्वाइजमा नर्थ पोलका अमन काम्वाङ लिम्बू तथा गल्र्समा लुम्बिनीकी सिमरन गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवैले प्लस टु अध्ययनका लागि ६० हजार बराबरको छात्रवृत्ति पाए ।

विजेतालाई फिलिपिन्स राष्ट्रिय बास्केटबल टोलीका खेलाडीद्वय जोय गलिसिया र अलाना लिम तथा लुम्बिनीका भाइस प्रिन्सिपल रवीन भट्टराईले पुरस्कृत गरे । दुईदिने प्रतियोगिताको ब्वाइज र गल्र्समा समान २४–२४ गरी ४८ टिम सहभागी थिए ।