आजको पञ्चाङ्ग एवम् राशिफल (३१ जेष्ठ २०७६ शुक्रबार, १४ जुन २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (३१ जेष्ठ २०७६ शुक्रबार, १४ जुन २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे श्रीशाके १९४१ नेपाल सं. ११३९ ग्रीष्म ऋतु परिधावी नामक सम्बत्सर वि.सं. २०७६ ज्येष्ठ ३१ गते शुक्रबार तद्अनुसार सन् २०१९ जुन १४ तारिख ज्येष्ठ शुक्लपक्ष द्वादशी तिथि १५ः५८ पर त्रयोदशी तिथि स्वाती नक्षत्र ११ः१६ पर विशाखा शिव योग बालव १५ः५८ पर तैतिल करण आनन्दादिमा गद योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त सांझ १८ः५९ मा हुनेछ । शुभ समय अभिजित– ११ः३६ देखि १२ः३२ अशुभ समय राहु काल–१०ः२० देखि १२ः०४ दिशा शूल– पश्चिम ।

आजको राशिफल :

मेष राशि – ग्रहगोचर शुभ फलदायक छ । आयस्रोत बढ्ला । भागदौड चलिरहनेछ । कुनै प्रकारको शारीरिक र आर्थिक कार्यमा अनुकूलता रहला । अरुको भर नपर्दा उचित हुनेछ । लगानी उठ्ला । कार्यव्यपारमा सफलता मिल्नेछ । यात्रासित सम्बन्धित काममा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ । विवादमा नपर्नु उचित होला ।

बृष राशि – सुख सम्पति धन मान आनन्द बढ्नेछ । राजकीय कार्य बन्नेछ । उन्नति–पदोन्नति हुनेछ । यात्रामा सफलता मिल्नेछ । विकासको नयाँ सम्भावना देखेर आशा उत्साह वृद्धि होला । उच्चाधिकारीको सहयोग मिल्नेछ । ऐश्वर्य बढ्नेछ ।

मिथुन राशि – सुख आरोग्यता बढ्ला । यात्रामा सफलता मिल्नेछ । धनको पक्ष बलियो बन्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमता बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । मिठो भोजन मिल्नेछ । धर्मकर्ममा रुचि बढ्नेछ । ख्याति फैलिनेछ । रोकिएको काम बन्ला र नयां कार्य पनि बन्नेछ ।

कर्कट राशि – भागदौड भैरहला । कठोर परिश्रमले समस्याको समाधान मिल्नेछ । नियम–कानूनलाई ध्यानमा राख्नुपर्ला । इष्टमित्रको सहयोग प्राप्त होला । विजयश्री मिल्नेछ । स्वास्थ्यमा ध्यान दिनुपर्ला । ऋण रोग र शत्रुलाई उपेक्षा गर्नु उचित हुनेछैन ।

सिंह राशि – ग्रहगोचर शुभ फलदायक रहला । धन सम्पत्ति मान महत्व बढ्नेछ । मिठो भोजन मिल्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । सुख आनन्दमा आकर्षण बढ्ला । पारीवारिक सुख बढ्ला ।

कन्या राशि – देखापरेको समस्याको समाधान मिल्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्ला । ऋण रोग र शत्रुसित लड्ने क्षमता बलियो हुनेछ । प्रसिद्धि फैलिनेछ । धन यश मान प्रशंसा बढ्ला । यात्रा होला । प्रयास र परिश्रमको मिठो फल अवश्यमेव मिल्नेछ ।

तुला राशि – प्रेममा सफलता मिल्नेछ । धन सम्पति वृद्धि होला । सुख आनन्द बढ्नेछ । लेखन–प्रकाशनसित सम्बन्धित काम तथा बौद्धिकता र रचनात्मकतासम्बन्धी कार्यमा सफलता मिल्नेछ । वार्तामा सफल हुनुको साथै विजयी पनि हुनु हुनेछ । ऐश्वर्य तथा उत्साह बढ्ला ।

वृश्चिक राशि – हांसविलासमा रुचि बढ्ला । कठोर परिश्रमले मनोकूलको काम बन्नेछ । वार्तामा सफलता पाउनुहुनेछ । धन–सम्पत्ति बढ्नेछ तर अत्यन्तै बढी प्रयास र प्रयत्नले । विवादमा पर्नु र अरुको भरमा बस्नु उचित हुनेछैन । विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्नेछ ।

धनु राशि – भय भ्रम खर्च आदिमाथि नियन्त्रण बढ्ला । नियम–कानूनले साथ दिनेछ । विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्ला । स्वास्थ्यमा सुधार आउनेछ । यात्रामा सफलता प्राप्त होला । धनसम्पत्ति ऐश्वर्य बढ्नेछ । हांसविलासमा आकर्षण वृद्धि हुनेछ ।

मकर राशि – अन्न धन बढ्नेछ । सुख आनन्द बढ्ला । आयस्रोत बढ्ला । रोकिएको धन प्राप्त होला । दूर देशबाट शुभ समाचार प्राप्त होला । मिठो भोजन मिल्नेछ । रसरागमा रुचि बढ्ला । मान सम्मान बढ्नेछ । पारिवारिक सुख शान्ति बढ्नेछ ।

कुम्भ राशि – कार्यमा सफलता प्राप्त होला । उन्नति–पदोन्नति हुनेछ । रोकिएको काम बन्नुको साथै लगानी पनि उठ्नेछ । नयाँ कार्यमा सफलतासंगै नयाँ दायित्व पनि प्राप्ति होला । आफन्तको सहयोग मिल्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला । आरोग्यता बढ्ला । मिठो भोजन मिल्नेछ ।

मीन राशि – प्रेममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । खर्च र लगानी बढ्नेछ । दूरदेशको यात्रा होला । हांसविलासमा रुचि बढ्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । यश वर्चश्वमा वृद्धि होला । ख्याति फैलिनेछ । मान पुरस्कार प्राप्त होला । योजना र बजेट बनाइ काम गर्नु बेस होला । कुनै प्रकारको लापर्वाही गर्नु उचित हुनेछैन ।