आर्मीले जित्यो इन्डोर हक्कीको उपाधि

आर्मीले जित्यो इन्डोर हक्कीको उपाधि


गिरीप्रसाद कोइराला स्मृति महिला इन्डोर हक्की प्रतियोगिताको उपाधि नेपाल आर्मीले जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा आर्मीले प्रदेश २ लाई ४–१ गोलले पराजित गऱ्यो । आर्मीका लागि अन्जना चन्दले २ तथा सीतामाया बल र सीता चौधरीले १–१ ले गोल गरे । प्रदेश २ की गुडिया सुनारले १ गोल फर्काइन् । गण्डकी प्रदेशले तेश्रो स्थानमा चित्त बुझायो ।

प्रदेश २ की गुडिया उत्कृष्ट खेलाडी तथा आर्मीकी कुस्मा राणा उत्कृष्ट गोलरक्षक घोषित भए । प्रतियोगिताभर ९ गोल गरेकी आर्मीकी सीतामाया बल सर्वाधिक गोलकर्ता बनिन् ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, आयोजक नेपाल हक्की संघका अध्यक्ष उमेशलाल श्रेष्ठलगायतले पुरस्कृत गरे । एकदिने प्रतियोगितामा ६ टिमले सहभागी जर्नाका थिए ।