अन्तर्राष्ट्रिय लायन्स कप करातेमा नेपाली टोली

अन्तर्राष्ट्रिय लायन्स कप करातेमा नेपाली टोली


चेकमा आयोजना हुने सातौं अन्तर्राष्ट्रिय कराते लायन्स कपमा नेपाली टोलीले सहभागिता जनाउने नेपाल कराते महासंघले जनाएको छ ।

चार सदस्यीय नेपाली कराते टोलीमा पर्शुराम बाँस्तोला, सुशील पौडेल, रोहित बुढाथोकी र फिन्छोक दोर्जे लामाले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रतियोगिता जुन १४ देखि १६ तारिखसम्म चेकमा संचालन हुँदैछ ।

पर्शुराम कराते वान सिरिज ए मोन्ट्रियलमा सहभागी हुन चेकबाटै क्यानाडा जाने छन् । उक्त प्रतियोगिता जुन २१ देखि २३ तारिखसम्म हुनेछ । क्यानाडाको प्रतियोगितामा सोनाम लामाले पनि प्रतिस्पर्धा गर्ने छन् । सोनाम नेपालबाट जुन १८ मा क्यानाडा जानेछन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्की सदस्य इन्दिरा निरौला र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले एक बिदाइ गरे ।