मोटरसाइकल सिक्ने क्रममा घाइते बनेका वडासदस्यको मृत्यु

मोटरसाइकल सिक्ने क्रममा घाइते बनेका वडासदस्यको मृत्यु


मोटरसाइकल सिक्ने क्रममा घाइते भएका एक वडासदस्यको मृत्यु भएको छ । बिहीबार बिहान मोटरसाइकल सिक्ने क्रममा बझाङको जयपृथ्वी नगरपालिका–७ का वडासदस्य नरबहादुर महर घाइते बनेका थिए ।

बिहीबार बिहान जयपृथ्वी नगरपालिका–७ सुवेडामा मोटरसाइकल सिक्ने क्रममा उनी सवार से.१व ११७७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए । मोटरसाइका चलाउन सिक्ने क्रममा उनीसहित उनी सवार मोटरसाइकल सडकबाट करिब २० मिटर तल खस्दा महरको टाउको र छातीमा गम्भीर चोट लागेको थियो ।

उनको उपचार गर्ने क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।