टेम्पोसहित चालकको शव पोखरीमा फेला

टेम्पोसहित चालकको शव पोखरीमा फेला


सर्लाही सदरमुकाम मलंगवाको बजार क्षेत्रमा रहेको जनसागर पोखरीमा एक युवाको शव फेला परेको छ । फेला परेको शव मलंगवा नगरपालिका–४ बस्ने ३० वर्षीय रवि मेस्तर रहेको छ । ना.२ह १२२३ नम्बरको टेम्पोसहित उनको शव पोखरीमा फेला परेको हो ।

मृतकको शरीरभरि गहिरो घाउ देखिएकाले उनलाई कसैले हत्या गरेर पोखरीमा फालेको हुन सक्ने स्थानीयवासीको अनुमान छ । शव परीक्षणपछि मात्र घटनाबारेमा केही भन्न सकिने सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव राठोरले बताए । मृतक मेस्तरलाई अन्य ठाउँमा हत्या गरेर टेम्पोमा राखेर पोखरीमा टेम्पोसहित फालेको हुन सक्ने स्थानीयवासीको भनाइ छ ।

मृतक मेस्तर मलंगवा नगरपालिकामा सरसफाइ गर्ने कर्मचारीको रूपमा काम गर्दै आएका थिए । शवसँगै पानीमा फेला परेको टेम्पो मृतकका आफ्नै काका मिश्रीलाल मेस्तरको रहेको र उनी अहिले सम्पर्कविहीन रहेको प्रहरी नायब उपरीक्षक राठोरले जानकारी दिए । पोखरीमा टेम्पो खसेको आवाज सुनेर राति करिब ११ः३० बजे नै मृतकको शव स्थानीयवासीले निकालेका थिए भने टेम्पो आज बिहान प्रहरीले डोजरको सहयोगले निकालको छ । शव परीक्षणका लागि सर्लाही अस्पताल मलंगवामा राखिएको छ ।