घुससहित इन्जिनियर पक्राउ

घुससहित इन्जिनियर पक्राउ


अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले सप्तरीको रुपनी गाउँपालिकाका इन्जिनियर विकास श्रेष्ठलाई घुससहित बिहीबार बिहान रंगेहात पक्राउ गरेको छ ।

आयोग इटहरीबाट प्रहरी नायब उपरीक्षक श्याम सारुख मगरको नेतृत्वमा खटिएको टोलीले झोलुंगेपुल निर्माण सम्पन्न भइसकेको पुलको बिल भुक्तानी गर्ने विषयमा रु. एक लाख घुस लिएको आरोपमा उनलाई पक्राउ गरिएको आयोगका प्रमुख महेश आचार्यले जानकारी दिए ।

कुन ठाउँको झोलुंगेपुल रहेको भने खुलाइएको छैन । उक्त टोलीले झोलुंगेपुल निर्माण गरेको र बिल भुक्तानी गर्ने विषयमा रु. एक लाख घुससहित गाउँपालिकाका इन्जिनियर श्रेष्ठलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।