असार पहिलो साता प्रधानमन्त्री कप महिला क्रिकेट

असार पहिलो साता प्रधानमन्त्री कप महिला क्रिकेट


प्रधानमन्त्री कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिता आगामी असारमा हुने भएको छ । महाकाली स्पोर्ट्स सोसाइटीको आयोजनामा कञ्चनपुरको महेन्द्रनगरमा उक्त प्रतियोगितामा आगामी असार ४ गतेदेखि हुने छ ।

प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा सात प्रदेशको टोलीले प्रतिस्पर्धा गर्नेछन् । उद्घाटन खेल गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुने आयोजकद्वारा आज सार्वजनिक गरिएको खेल तालिकामा उल्लेख छ । प्रतियोगिताको विजेताले रु पाँच लाख तथा उप–विजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै सर्वोत्कृष्ट खेलाडीले रु ३० हजार तथा विधागततर्फका उत्कृष्ट खेलाडीले जनही रु १५ हजार पुरस्कार प्राप्त गर्ने बताइएको छ । प्रतियोगितामा करीब रु ८८ लाख खर्च हुने आयोजकले जनाएको छ । रु ३५ लाख राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले उपलब्ध गराउनेछ ।

ओलम्पिक दिवसमा विविध कार्यक्रम
नेपाल ओलम्पिक कमिटिअन्तर्गतको ‘स्पोर्ट्स फर अल कमिसन नेपाल’ले अन्तराष्ट्रिय ओलम्पिक दिवस विविध कार्यक्रम गरी मनाउने भएको छ । ओलम्पिक डे को अवसरमा साइकल ¥याली, जुम्बा नृत्यलगायत ११६ कार्यक्रम आयोजना गरिने आयोजकका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले जानकारी दिए ।

कार्यक्रम जेठ ३२ देखि असार ८ गतेसम्म चल्नेछ । ओलम्पिक डे जुन २३ (असार ८ गते) मनाउने गरिन्छ । कार्यक्रमको समापन आगामी असार ८ गते लगनखेलस्थित सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रमा विविध कार्यक्रम गरी गरिनेछ ।