सप्तरीमा दुई बोरा तगारी गाँजा बरामद

सप्तरीमा दुई बोरा तगारी गाँजा बरामद


सप्तरीको सुरंगा नगरपालिका–७ चकदहनजिक रहेको बलान खोलाछेउबाट सशस्त्र प्रहरी बल बेसक्याम्प कुसहाले ठूलो मात्रामा अवैध गाँजा बरामद गरेको छ ।

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल बेसक्याम्प कुसहाका सशस्त्र प्रहरी निरीक्षक निरञ्जनराज कार्कीको नेतृत्वमा खटिएको टोलीले चकदहनजिक रहेको बलान खोलाको छेउबाट तयारी अवस्थामा राखी राखेको दुई बोरा गाँजा बरामद गरेको बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको छ ।

प्रहरी आएको सूचना पाएपछि गाँजा तस्कर गाँजाको बोरा फालेर फरार भएका निरीक्षक कार्कीले सो अवसरमा जानकारी दिए ।