टिपरको ठक्करबाट पत्रकार गेलाङको निधन

टिपरको ठक्करबाट पत्रकार गेलाङको निधन


टिप्परको ठक्करबाट पत्रकार नन्दबहादुर गेलाङको निधन भएको छ । रुकुमबाट सुर्खेतको छिञ्चुतर्फ आइरहेको बा.५ख १६८३ नम्बरको टिपरले बुधबार दिउँसो भेरीगंगा नगरपालिका– ८ लोदेमा ठक्कर दिँदा गेलाङको घटनास्थलमै मृत्यु भएको हो ।

लेकवेशी नगरपालिका– ७ कल्याणका गेलाङ वीरेन्द्रनगरबाट प्रकाशित सुर्खेत पहिचान दैनिकका प्रकाशक–सम्पादक हुन् । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सहसचिवसमेत रहेका गेलाङको शव मेहेल्कुना अस्पतालमा राखिएको छ । मोटरसाइकलमा सवार उनलाई ठक्कर दिएलगत्तै फरार भएका टिपरचालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए ।