बिनालगानी धनी बन्ने दुई ‘व्यवसाय’

■ देवप्रकाश त्रिपाठी

मार्क्सले भनेजस्तो धनाढ्य बन्न कसैको श्रम नै शोषण गर्नुपर्ने जमाना यो होइन । ज्ञान, बुद्धि र कलाका माध्यमबाट पनि मानिस धनी बन्ने युग धेरै अघि नै सुरु भइसकेको छ । समय यस्तो आउनेछ जतिबेला ‘क्षमता’ बेचेर मानिस धनाढ्य बन्न सक्छन् भन्ने देखेको भए मार्क्सले आफ्नो विचारदर्शन त्यतिबेलै बदल्न सक्थे, वर्गसङ्घर्षको अवधारणालाई परिमार्जन गर्न उनी बाध्य हुने थिए ।

अभिताभ बच्चन र ब्राड पिटजस्ता कलाकार तथा एलिजावेथ ब्याडिन्टर र जेम्स प्याटरसनजस्ता लेखक कसैको श्रम शोषण नगरीकन आफ्नै प्रतिभाको सदुपयोग गरेर अर्बपति बनेका हुन् । संसारमा यस्ता धेरै लेखक, कलाकार छन् जो ज्ञान, प्रतिभा र शिल्प बेचेर धनाढ्य बन्न सफल भएका थिए, छन् । पुँजी निवेश या श्रमको शोषण गरेर मात्र धनी हुन सकिन्छ भन्ने मार्क्सवादी मान्यतालाई समाजको विकासले धेरै पहिले नै बदर गरिदिइसकेको छ । सीप, दक्षता र बल मात्र हुने मानिस राम्रो पेसाकर्मी बन्न सक्ने तथा ज्ञान, बुद्धि, प्रतिभा र क्षमता प्रस्तुत गरेर धनाढ्य हुन सक्ने तथ्यलाई आधुनिक विश्वले सामान्य रूपमा लिन थालेको भए पनि नेपाल यसको अपवाद बनेको छ ।

ज्ञान, क्षमता, बुद्धि र प्रतिभाको सदुपयोगद्वारा यहाँ सुविधासम्पन्न जीवन बाँच्न सकिँदैन । इमानदार बौद्धिक समुदाय, पेसाकर्मी र प्रतिभाशाली कलाकारहरू पनि नेपालमा सकसपूर्ण जीवन बाँच्न विवश छन् । दुःखद् आश्चर्यको अर्को विषय त के छ भने यहाँ ‘जेन्युइन’ लगानीकर्ता एवम् उद्यमी व्यवसायीहरूसमेत कष्टसाथ आफ्नो जीवन गुजार्न बाध्य छन् ।

कर्जा लिएर उद्यम व्यवसायमा लगानी गर्ने कोही पनि व्यक्ति आजको नेपालमा सन्तुष्ट हुन सकेको छैन, घाटाको जीवन बाँच्न उनीहरू विवश छन् । तर, कर्जा उपलब्ध गराउने बैंकहरू सधैँ उच्च मुनाफामा छन्, हरेक विपन्न मुलुकले व्यहोर्नुपर्ने यस्तो बाध्यतात्मक अवस्थाको सामना वर्षौंदेखि नेपालले गर्दै आएको छ । वास्तविक उद्यमी व्यवसायीहरू घाटामा र कर्जा उपलब्ध गराउनेहरू सधैँ मुनाफामा हुनुले कुनै पनि मुलुकको अर्थव्यवस्था सकारात्मक दिशामा भएको सङ्केत गर्दैन । जब कि नेपालमा ती मात्र अधिक आर्जन गर्छन् र रातारात धनाढ्यको सूचीमा परेका छन् जो कर्जा प्रवाहक हुन् ।

कला, योग्यता, क्षमता, प्रतिभा र बल हुनेहरू तथा पुँजी निवेश गरेर उद्यमी–व्यवसायी बन्न खोज्नेहरूभन्दा रुग्ण योग्यता–क्षमताका तथा पुँजी लगानी गर्ने हैसियत नभएकाहरू यहाँ सर्वाधिक उच्च सुखद हैसियतमा पुगेका छन् । लगानीकर्ताभन्दा बढी, उद्यमी–व्यवसायीभन्दा छिटो, ज्ञान, कला र बुद्धि पस्कनेहरूभन्दा सजिलोसँग धन आर्जन गर्ने मूलतः दुई व्यवसाय नेपालमा फस्टाएको छ ।

कला, योग्यता, क्षमता, प्रतिभा र बल हुनेहरू तथा पुँजी निवेश गरेर उद्यमी–व्यवसायी बन्न खोज्नेहरूभन्दा रुग्ण योग्यता–क्षमताका तथा पुँजी लगानी गर्ने हैसियत नभएकाहरू यहाँ सर्वाधिक उच्च सुखद हैसियतमा पुगेका छन् । लगानीकर्ताभन्दा बढी, उद्यमी–व्यवसायीभन्दा छिटो, ज्ञान, कला र बुद्धि पस्कनेहरूभन्दा सजिलोसँग धन आर्जन गर्ने मूलतः दुई व्यवसाय नेपालमा फस्टाएको छ । नीति निर्माण तहमा पुगेका कर्मचारी वर्ग पनि शीघ्र सम्पत्ति आर्जकमा पर्दछन्, तर व्यवसायका रूपमा भने यहाँ ‘राजनीति’ र ‘धर्म’ नै आर्जनको आकर्षक स्रोत बनेको छ । यतिबेला राजनीति व्यवसाय बनेर वडा–वडासम्म विस्तारित भएको छ भने धर्मको व्यापार टोल–टोलसम्म फैलिएको छ ।

‘राजनीति’ र ‘धर्म’बाहेक कुनै पनि व्यवसायमा अहिले मन्दीको अवस्था छ । लगानीकर्ताहरू निराश र दुःखी बन्दै गएका छन् । वर्तमान सरकारको अर्थ मन्त्रालय जनतालाई आर्जनको वातावरण बनाइदिन पूर्ण असफल छ र अर्थ मन्त्रालयको काम जनतालाई निचोरेर कर असुली गर्नमा सीमित भएको छ । कमाउन नपाइने, खेत बेचेर खेतको कर तथा उद्योग बिक्री गरेर व्यवसायको कर तिर्नुपर्ने अवस्थामा मानिसलाई पुऱ्याइएको छ । अर्थमन्त्रीको जिम्मेवारीमा रहेका व्यक्ति यसैलाई आफ्नो सबैभन्दा ठूलो सफलता ठान्दै छन् । उत्पादन र निर्यात बढाएर व्यापार घाटा न्यून गराउँदै जानुपर्नेमा आयात र उपभोग नियन्त्रण गरेर व्यापार घाटा कम गराउने अप्राकृतिक प्रयासमा अर्थ मन्त्रालय केन्द्रित छ । काम गरिखान खोज्नेहरू पाइला–पाइलामा निरुत्साहित र गफखेतीका ठालुहरू सर्वाधिक मुनाफामा रहन थालेपछि आममानिस कामभन्दा कुराको खेतीतिर आकर्षित भएका छन् । यद्यपि कुराको खेतीबाट देशले समृद्धि प्राप्त गरेको दृष्टान्त आजसम्म विश्वमा फेला परेको छैन ।

नेपालमा तीन पुस्तादेखि उद्यम, व्यापार–व्यवसायमा सामेल रहेका मानिसको भन्दा वडाध्यक्षको कमाइ ठूलो हुने भएपछि आमजनता कामभन्दा कुरातिर आकर्षित नहुने भन्ने पनि भएन । ‘राजनीतिक व्यवसाय’मा नगद लगानीको आवश्यकता नपर्ने, यो व्यवसायमा संलग्नहरूको काममा प्रशासनिक अड्चन पैदा नहुने, ओठ पड्काएका भरमा सान, मान, प्रतिष्ठा प्राप्त हुने र लुकेर नगद आउने हुनाले कर तिर्नुपर्ने झञ्झटबाट समेत मुक्ति मिल्ने भएकोले नेपालका धेरै मानिस अचेल ‘राजनीतिक व्यवसाय’मा सहभागी भएका छन् । कम्युनिस्ट, काङ्ग्रेस, राप्रपा, राजपा, फोरम आदि नाममा सङ्गठित ‘व्यवसायी’हरूको सङ्ख्या तीस लाखभन्दा बढी रहेको अनुमान गरिन्छ । देशमा अन्य उद्यमी, व्यवसायी र व्यापारीहरूको कुल सङ्ख्यामा पाँच लाख पुग्न मुस्किल छ, तर राजनीतिक व्यवसायीहरू तीस लाखभन्दा बढी भएकोले जनसङ्ख्याको अनुपातमा यो सङ्ख्या सम्भवतः विश्वमै सबैभन्दा बढी हो । ‘निजामती व्यवसायी’ र ‘राजनीतिक व्यवसायी’हरूबीच एकप्रकार सहकार्यको स्थिति छ र, दुवै परस्पर सहयोगी भूमिकामा रहँदै आएका छन् ।

वर्तमान सरकारको अर्थ मन्त्रालय जनतालाई आर्जनको वातावरण बनाइदिन पूर्ण असफल छ र अर्थ मन्त्रालयको काम जनतालाई निचोरेर कर असुली गर्नमा सीमित भएको छ । कमाउन नपाइने, खेत बेचेर खेतको कर तथा उद्योग बिक्री गरेर व्यवसायको कर तिर्नुपर्ने अवस्थामा मानिसलाई पुऱ्याइएको छ ।

विभिन्न समयमा भएका राजनीतिक आन्दोलनसँगै आममानिसलाई ‘चेतनशील हुनु भनेको राजनीति बुझ्नु’ र ‘सबैभन्दा ठूलो काम राजनीति’ भएको सन्देश दिइयो । त्यसैले यहाँ राजनीतिक दलमा आबद्ध मानिस मात्र ‘राजनीतिक व्यवसाय’मा छैनन्, शिक्षक, वकिल, कलाकार, पत्रकार, न्यायाधीश, कर्मचारी आदि सबै कुनै न कुनै प्रकारले राजनीतिक व्यवसायमा आबद्ध हुन पुगेका छन् । अदालतमा न्यायाधीश नियुक्त हुन्छन्, दलगत आबद्धता र भागबन्डाका आधारमा । कलाकार सङ्घको निर्वाचन हुन्छ, तर जित्ने कलाकार नभएर कम्युनिस्ट, काङ्ग्रेस या कुन्नि के–के नामका राजनीतिक दल हुन्छन् । निर्वाचन हुन्छ शिक्षक सङ्गठनको, तर जित्ने र हार्नेचाहिँ दल हुन्छन् । यसरी देशको सबै क्षेत्रलाई राजनीतीकरण मात्र नभई पार्टीकरण गरिएको छ, गफखेतीमा संलग्न ‘किसान’हरू यसैलाई महान् उपलब्धिका रूपमा चित्रण गर्ने गर्दछन् ।

कुनै समय एउटै देश रहेका उत्तर कोरिया र दक्षिण कोरियाको भाषा, भेष, कद, काँठी, नश्ल, जात सबै एकै हो । दुई मुलुकको राजनीतिक र आर्थिक व्यवस्था भिन्न हुँदा केही सांस्कृतिक अन्तर भने पैदा भएको छ । दुई मुलुकका पचास–पचास गरी सयजनालाई एकै ठाउँमा मिसाइयो भने को उत्तरका र को दक्षिणका भनी छुट्याउने एउटै मात्र आधार ‘कुरा’ बन्दछ । जो बढी बोल्छ र बोलिरहन्छ ती उत्तर कोरियाली हुने गर्दछन् र नबोल्ने या कम बोल्नेहरूचाहिँ दक्षिण कोरियाली । कम्युनिस्टले कुरा गर्न सिकाउँछ र, गैरकम्युनिष्टहरू काममा विश्वास गर्छन् भन्ने कुराको रोचक दृष्टान्त कोरिया बनेको छ । त्यसैले नेपालमा कम्युनिस्ट प्रकोप बढेसँगै कुराको खेती फस्टाउनु र ‘राजनीतिक, व्यवसाय’ चम्किनुलाई एक अर्थमा स्वाभाविक नै मान्नुपर्ने भएको छ ।

२०६३ को राजनीतिक परिवर्तनयता देशमा कम्युनिस्ट र क्रिस्चियनको सङ्ख्या ह्वात्तै बढ्नु एउटा संयोग मात्र नहुन सक्छ । दुवैथरी ‘गफखेती’ का भरमा फस्टाएका छन् र, कुरा ठूलो गर्ने काम नगर्ने तथा कमाइमा कर नतिर्ने दुवैबीचको समानता हो । क्रिस्चियन र कम्युनिस्टबीच मुख्य अन्तर भनेको क्रिस्चियनले मानिसलाई मरेपछि गाड्ने कुरा गर्छ र कम्युनिस्टले जिउँदैमा गाड्ने काम गर्छ ।

राजनीतिबाहेक नेपालमा फस्टाएको अर्को व्यापार व्यवसाय धर्मको हो । परमेश्वर र सेवाका कुरा गरेर ‘इजी मनी’ आर्जन गर्ने एउटा राम्रो व्यवसाय धर्म बनेको छ । यो व्यवसायमा संलग्नहरूलाई कहाँबाट नगद आउने गर्छ, त्यसको जानकारी सरकार र जनता कसैलाई पनि हुँदैन । यिनले राज्यलाई कर बुझाउने कष्ट गरिरहनु पनि पर्दैन । केवल ठूला कुरा गरेको र घर–घर डुलेको भरमा ठूलो आम्दानी हुने भएकोले कैयन मानिस ‘धर्म व्यवसाय’मा लागेका भेटिन्छन् । त्यसैले साठी वर्षअघि दुईवटा मात्र चर्च रहेको यो मुलुकमा यतिबेला बाह्र हजारभन्दा बढी चर्चको सङ्ख्या पुगिसकेको छ ।

कम्युनिस्ट बढेकोले क्रिस्चियन बढेका हुन् या क्रिस्चियन बढ्दा कम्युनिस्टको बढोत्तरी भएको हो, यो अनुसन्धानको विषय हुन सक्ला । २०६३ को राजनीतिक परिवर्तनयता देशमा कम्युनिस्ट र क्रिस्चियनको सङ्ख्या ह्वात्तै बढ्नु एउटा संयोग मात्र नहुन सक्छ । दुवैथरी ‘गफखेती’ का भरमा फस्टाएका छन् र, कुरा ठूलो गर्ने काम नगर्ने तथा कमाइमा कर नतिर्ने दुवैबीचको समानता हो । क्रिस्चियन र कम्युनिस्टबीच मुख्य अन्तर भनेको क्रिस्चियनले मानिसलाई मरेपछि गाड्ने कुरा गर्छ र कम्युनिस्टले जिउँदैमा गाड्ने काम गर्छ । तर, राजनीतिक व्यवसायमा कम्युनिस्टहरू मात्र संलग्न छन् भन्नेचाहिँ होइन । आलोपालो प्रणालीमा झैँ पालैपालो धन्दा चलाउने अवसर सबैथरी राजनीतिजीवीले प्राप्त गर्दै आएका छन् ।

राजनीतिमा संलग्न सबै मानिस कमाउ धन्दामा अवश्य छैनन्, तर राजनीतिलाई व्यवसाय बनाउन नखोज्नेहरूको सङ्ख्या यति सानो छ कि उनीहरूले सालको जङ्गलमा तुल्सीको नियति भोग्दै गरेजस्तो देखिन्छ । पाखुरा र जिब्रो बजार्न सक्नेहरू ‘राजनीतिक व्यवसाय’मा र ओठ मात्र बजारेर खान सक्नेहरू धर्मको व्यापारमा भएकोले आजको नेपाल यी दुईथरी व्यापारीको कब्जामा परेको छ । राजनीतिक व्यवसायीहरूले विश्वमा जनसङ्ख्याको अनुपातमा सबैभन्दा बढी मानिस राजनीतिमा संलग्न भएको मुलुकका रूपमा नेपाललाई चिनाउन ‘सफलता’ प्राप्त गरेका छन् भने धर्म व्यवसायीहरूले दश प्रतिशतभन्दा बढीका दरले इसाईधर्मीको सङ्ख्या बढाएर विश्वकीर्तिमान राखेका छन् । रूपचन्द्र विष्टको भाषामा ‘ता’ नभएका हामी कथित जनताचाहिँ यो सब कुदृश्य साक्षी बनेर टुलुटुलु हेर्दै छौँ, यो नै वर्तमानको सबैभन्दा घातक पक्ष बनेको छ ।

प्रतिक्रिया