नेका भातृ-सङ्गठन ‘सांस्कृतिक सङ्घ’को भेला हेटौँडामा

नेका भातृ-सङ्गठन ‘सांस्कृतिक सङ्घ’को भेला हेटौँडामा


नेपाल सांस्कृतिक सङ्घले सङ्घका जिल्ला सभापतिहरूको राष्ट्रिय प्रशिक्षण भेला मकवानपुरको हेटौँडामा गर्ने भएको छ । नेपाली काङ्ग्रेसको भातृ सङ्गठन नेसा सङ्घले यही जेठ ३१ र ३२ गते भेला आयोजना गर्न लागेको हो ।

सङ्घले ७७ जिल्लाका सांस्कृतिक सङ्घका सभापतिको भेलामार्फत देशव्यापी रूपमा स्रष्टा, संस्कृतिकर्मीको सुरक्षा, सम्मान र पहिचानका लागि ऐक्यबद्धता जनाउने बताइएको छ । सङ्घका सभापति तीर्थबहादुर थापाले गाउँ, नगर, क्षेत्र, जिल्ला, केन्द्र र प्रदेशस्तरीय साङ्गठनिक संरचनालाई गतिशिल बनाउन तथा स्रष्टाको हकहित पहिचानका लागि भेला फलदायी हुने विश्वास व्यक्त गरेका छन् ।

सो सङ्घका महामन्त्री दुर्गाबहादुर रायमाझी, उपाध्यक्ष जनार्दन आचार्य तथा महामन्त्रीद्वय रोशनी केसी र शिवशङ्कर रिजालले नेपालमा संस्कृतिको विकासका लागि जनजागरण अभियान सञ्चालन गर्नुपर्ने मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बताए ।