एनसीसी बैंक र ह्याम्स अस्पतालबीच सम्झौता

एनसीसी बैंक र ह्याम्स अस्पतालबीच सम्झौता


नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.र ह्याम्स अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहकहरूलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र ह्याम्स अस्पतालका तर्फबाट अध्यक्ष आरएस भण्डारीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अब नेपाल क्रेडिट एण्ड कमर्स बैंकका कर्मचारी तथा ग्राहकले ह्याम्स अस्पतालका सेवाहरूमा विशेष छुट पाउनेछन् ।

बैंकका ग्राहकहरूले उक्त छुट बैैंकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । बैंकले आफ्ना १२० वटा शाखाबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ । बैंकको देशभर ८१ वटा एटीएमहरु सञ्चालनमा रहेको जनाइएको छ ।