भारतलाई ठूलो झड्का, टीमबाट बाहिरिए ‘सतकवीर’ शिखर

भारतलाई ठूलो झड्का, टीमबाट बाहिरिए ‘सतकवीर’ शिखर


अष्ट्रेलियाविरुद्ध सतकीय पारी खेलेर भारतलाई महत्वपूर्ण विजय दिलाउन सफल ओपनर शिखर धवन टीमवाट वाहिरिएका छन् । अष्ट्रेलियाविरुद्धको खेलमा शिखरको औंलामा चोट लागेको थियो । चोटका बाबजुद शिखरले १ सय १७ रनको सतकीय पारी खेलेका थिए । बायाँ हातको औंलामा चोट बोकेका धवन अब तीन साताका लागि विश्वकप क्रिकेट २०१९ वाट बाहिरिएका छन् ।

अष्ट्रेलियाविरुद्धको खेलमा तिब्रगतिका बलर नाथन कुल्टर नाइलको बाउन्सिङ बल शिखरको बायाँ हातको औंलामा लागको थियो । चोट लागे पनि शिखरले सहज तरिकाले व्याटिङ गरेका थिए । उनी आउट भएर पेवेलियन फर्केपछि प्रशिक्षण गर्दा उनको औंला फ्याक्चर भएको देखिएको थियो । प्रशिक्षणमा औंला फ्याक्चर भएपछि शिखरको सट्टा रविन्द्र जडेजा फिल्डङ गर्न आएका थिए ।

शिखरले आईसीसी प्रतियोगितामा अहिलेसम्म ६ सतक प्रहार सकेका छन् । त्यस्तै हालै विश्वकपमा अष्ट्रेलियाविरुद्ध प्रहार गरेको सतक विश्वकपमा प्रहार गरेको तेस्रो सतक थियो । साथै अष्ट्रलियाविरुद्ध शिखरको यो चौथो सतक थियो ।

चोटका कारण टीमबाट बाहिरिएका शिखरले अव न्युजिल्यान्ड र पाकिस्तानविरुद्ध हुने आगामी खेल खेल्न पाउने छैनन् । शतकवीर शिखर टीमबाट वाहिरिएपछि अहिले भारतलाई ठूलो झड्का लागेको छ ।